free website hit counter

ज्योति लाइफद्वारा सुवेदी परिवारलाई २४ लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७८ माघ ५, बुधबार

काठमाडौं । कोभिड १९ को संक्रमणका कारण ज्यान गुमाएका ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बीमितका आश्रित परिवारलाई कम्पनीको इटहरी शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। सुन्दरहरैचा ९, मोरङ निवासी चिरञ्जीवी सुबेदीको श्रीमती लक्ष्मी खड्कालाइ २४ लाख २ हजार ९ सय ८८ रुपैयाँ दाबी भुक्तानी गरेको हो । कम्पनीले माघ ४ गते बीमितको घरमै गएर बीमितको धर्मपत्नी लक्ष्मी खड्कालाइ दाबी भुक्तानी बापतको रकमको चेक हस्तान्तरण गरेको हो। मृतक सुबेदीले ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा २२ लाख ५७ हजार बिमान्क रकमको ज्योती सुरक्षित बचत जीवन बीमा गरेका थिए ।
प्रदेश प्रमुख मदन कुमार गौतमले चेक हस्तान्तरण गर्दै कम्पनीले दाबी भुक्तानी प्रक्रिया सम्पुर्ण कागजातहरु पूरा भएको तीन दिन भित्रै सम्पन्न हुने हुदा ज्योती लाइफमा दाबी भुक्तानी प्राप्त गर्न कुनै ढिलाई नहुने बताए । बीमा गर्दा सजिलो तर लिन झन्झटिलो प्रक्रिया हुने हल्ला सुनेको भएता पनि त्यो सत्यता नरहेको यस मृत्यु दावीबाट प्रष्ट भएको साथै सम्पुर्ण दाबी भुक्तानीको लागि आवश्यक कागजातहरु पेश गरेको एक हप्ता नबित्दै दाबी भुक्तानी गरेकोमा मृतककी श्रीमती लक्ष्मी खड्काले ज्योती लाइफ इन्स्योरेन्स कम्पनीलाई धन्यवाद दिएकी थिइन् ।

सम्बन्धित समाचार