काठमाडौं । आवश्यक प्रक्रिया पूरा भएपछि बीमाको दाबी बुक्तानी सहज बनेको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले तुलसीपुर शाखामा बीमा गराएकी तुलसीपुर ५ निवासी गंगादेबी पाण्डेको निधनपछि उनको परिवारलाई बीमा रकम प्रदान गरिएको हो ।
एक कार्यक्रमको आयोजना गरि बीमा वापतको ५४ लाख ५८ हजार ३ सय ३३ रुपैँया प्रदान गरिएको हो । उक्त रकम बराबरको चेक मृतकका श्रीमान रोमकान्त पाण्डेलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । उक्त रकम तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष राम प्रसाद चालिसे, ज्योति लाइफका क्षेत्रीय प्रमुख मोहन पुरी, तुलसीपुर शाखाका प्रमुख कमलसिंह खड्काले प्रदान गरेका हुन् ।