free website hit counter

ज्योति लाइफ इन्स्योरेन्सले आइपीओ निष्कासन प्रक्रिया अघि बढायो

beemaadmin
२०७७ मंसिर २४, बुधबार

काठमाडौं । चुक्ता पुँजीको चटारोमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साधारण शेयर जारी प्रक्रिया अघि बढाएको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासनका लागि प्रक्रिया अघि बढाउँदै इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।

इन्स्योरेन्सले अंकित मूल्य १०० रुपैयाँको दरले ६६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले एनएमबी क्यापिटल मार्केटमार्फत सो मात्राको सेयर बिक्री गर्ने अनुमति मागेको छ ।

सम्बन्धित समाचार