free website hit counter

झण्डै शतप्रतिशतले बढ्यो हिमालयन बैंकको नाफा

beemaadmin
२०८० कार्तिक १७, शुक्रबार

काठमाण्डौ । हिमालयन बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफामा उल्लेख्यउ प्रगति गरेको छ । बैंकले सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणबाट यस्तो देखिएको हो। बैंकले समीक्षा अवधिमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९८.३५ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकको खुद नाफा ५३ करोड २४ लाख रुपैयाँमा सीमित थियो। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८५ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा २ अर्ब ४० करोड रुपैयाँ थियो। यो त्रैमासमा बैंकले १ अर्ब ५० करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ७८ करोड ९४ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ९१.१३ प्रतिशतले बढेको हो। समीक्षा अवधिमा बैंकले ३ अर्ब १७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ८० करोड रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ७५.८२ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा अनुपात (एनपीएल) भने बढेर ४.६७ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष एनपीएल २.३१ प्रतिशत थियो। एनपीएल बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज बढेर ७५ करोड ६६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो चार्ज ६५ करोड ८९ लाख रुपैयाँ थियो। पहिलो त्रैमासमा बैंकले २ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले २ खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो। चुक्तापुँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार १४.६१ प्रतिशतले बढेर १७ अर्ब ७ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १४ अर्ब ९० करोड रुपैयाँ रहेको थियो। बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १९.५१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १६.४२ रुपैयाँ रहेको थियो। पीई रेसयो १०.३ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७०.२७ रुपैयाँ रहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार