free website hit counter

टुक्रिएको बुढी औंला जोड्न दुबईबाट स्वदेश फर्किए सन्दिप

beemaadmin
२०७८ मंसिर २६, आईतवार

एजेन्सी । विदेशी भूमिमा पसिना बगाउन गएका मजदुरहरु ठूलो स्वास्थ्य समस्यामा फसे भने स्वदेश आएर उपचार गर्छन् । दुबइमा मजदुरी गर्न गएका एक कार्पेन्टरको त्यहाँ काम गर्ने क्रममा बायाँ हातको बुढी औंला मेसिनले काटिदियो । उनको त्यो औंला जोड्नका लागि दुबइका डाक्टरहरुले २४ लाख भारतीय रुपैयाँ लाग्ने बताए । मजदुरी गर्ने उनीसँग त्यति धेरै पैसा थिएन । त्यसपछि उनी काटिएको औंला बोकेर जहाज चढेर दिल्ली आए । दिल्लीका डाक्टरहरुको टिमले उनको औंला ३ लाख ६५ हजार खर्चमा जोडिदिएका छन् । राजस्थानका सन्दिप सिंह नामका यी मजदूर घटना भएको २२ घण्टापछि दिल्ली आइपुगेका थिए । यस क्रममा उनको शरीरबाट ३०० मिलिलिटर रगत बगिसकेको थियो । दुबइमा डाक्टरहरुले औंला जोड्न सर्जरी गर्नुपर्ने र यसको लागि २४ लाख खर्च लाग्ने बताएपछि आत्तिएका सन्दिपले तत्कालै आफ्ना परिवारसँग सम्पर्क गरेका थिए । त्यसपछि उनले आफ्नो देशमै उपचार गराउने निर्णय गरे ।
सन्दिपका परिवारले दिल्लीको आकाश हस्पिटलमा उपचारको लागि सल्लाह लिए त्यसपछि आकाश हस्पिटलका डाक्टरको टिमले सन्दिपलाई भारत आउन भने । त्यसपछि सन्दिप काटिएको औंला बोकेर दिल्लीका लागि उडे । सन्दिप दिल्लीमा अस्पतालमा पुग्दा ६ जना डाक्टरको टिम सर्जरीको पूरै तयारी गरेर उनलाई पर्खेर बसेको थियो । दुबइबाट दिल्ली पुग्दासम्म सन्दिपको धेरै रगत बगिसकेको थियो । धेरै रगत बगेपछि हल्यक्रिया गर्नु निकै कठिन हुन्छ तर डाक्टरहरुले निकै सतर्कताका साथ सर्जरी सफलतापूर्वक पूरा गरे । सन्दिपको काटिएको औंला जोड्न डाक्टरहरुलाई ६ घण्टासम्म सर्जरी गर्नुपर्यो । यस किसिमको सर्जरी निकै नाजुक हुन्छ । डाक्टरहरुले पूरै प्रक्रिया माइक्रोस्कोपिक विधिबाट पूरा गरेका थिए ।

सम्बन्धित समाचार