काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टेलिकम प्रबन्ध निर्देशकको रूपमा नियुक्त गरेको हो । यसअघि पौडेल राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । नेपाल टेलिकमको प्रवन्ध निर्देशक पदका लागि ९ जनाले आवेदन दिएका थिए ।
जसमध्ये संगिता पहाडी, बुद्धि आचार्य र सुनिल पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । विवादित व्यक्तिलाई टेलिकमको जिम्मा दिन लागिएको भन्दै टेलिकम भित्रैका कर्मचारीको बिरोध बीच पौडेल एमडीमा नियुक्त भएका छन । सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त गरेको मेरोलगानीलाई जानकारी दिए ।