free website hit counter

ट्रस्ट माइक्रो इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा सम्पन्न

beemaadmin
२०८२ जेष्ठ ४, आईतवार

काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्सको आईपीओ निष्काशन प्रस्ताव पारित भएको छ । कम्पनीको रुपन्देहीको बुटवल ११ स्थित महाराजा रिसोर्टमा सम्पन्न दोस्रो वार्षिक साधारणसभाले सर्वसाधारणलाई सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो । आईपीओ जारी गर्नका लागि नियमनकारी निकायबाट कुनै संशोधन, फेरबदल एवं थपघट गर्न निर्देशन प्राप्त भएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई सभाले अख्तियारी प्रदान गरेको छ । यस्तै, कम्पनीको सभाले सामाजिक उत्तरदायित्त्वअन्तर्गत भएको खर्च र सञ्चालकहरूको सेवा–सुविधासम्बन्धी प्रस्ताव पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ भने चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरेको छ ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार