काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वमा आइतबार गएको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई एक ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्ने मुल विषय रहेको छ । खाण नेतृत्वको टोलीले नेपालीहरुलाई हङकङमा ट्रान्जिट भिषा व्यवस्था गर्ने बिषयमा मन्त्री ज्ञवालीलाई पत्रसहित ध्यानाकर्षण गराएको टोलीमा सहभागी काँग्रेस महासमिति सदस्य एवं नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सिनाले जानकारी दिनुभयो ।
तिमिल्सिनाकाअनुसार वर्कप्रमिट भीसामा मकाउ जान सोझो हवाई उडान नभएकोतर्फ पनि टोलीले मन्त्रीको ध्यानाकर्षण गराएको थियो । एक तथ्यांकअनुसार ४ हजार नेपाली युवा मकाउमा विभिन्न पेशामा आवद्ध रहेको बताइन्छ । टोलीमा नेपाल तरुण दलका पूर्व कार्यवाहक अध्यक्ष जन्मजय तिमिल्सिनाका अलावा तरुण दलका कोषाध्यक्ष विद्वान गुरुङ, नेपाल मकाउ चेम्बर अफ कमर्शका अध्यक्ष सुदर्शन थापा मगर, मनोज गुरुङ, रामकृष्ण श्रेष्ठ लगायतको सहभागिता थियो। भेटपछि परराष्ट्रमन्त्री ज्ञवालीले आफूलाई यस कुराको ध्यानाकर्षण भएको र यो समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गरी पहल थाल्ने विश्वास दिलाउनुभएको थियो ।