free website hit counter

ट्राफिक आइल्याण्डको रेखदेखमा प्रभु बैंक

beemaadmin
२०७६ चैत्र ६, बिहीबार

काठमाडौं । सामाजिक उत्तरदायित्वका काममा अग्रणी प्रभु बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच चैत ४ गते बगैचा र फाउण्टेन निर्माण गर्नेबारे समझदारी भएको छ । काठमाडौं महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशे पुलमुनिको ट्राफिक आइल्याण्ड र तिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्नेररेखदेख गर्ने सोको संचालन तथा शहरी सौन्दयीकरण कामका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाडौं महानगरपालिकाका तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार