free website hit counter

ठमेलको नाइट क्लबमा फुटबल खेलाडीको मस्ती

beemaadmin
२०७६ कार्तिक ३०, शनिबार

काठमाडौं । राष्ट्रिय फुटबल टिमका हस्तीहरु विमल घर्तीमगर र अञ्जन विष्टसहित चार खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले कारबाही गरेको छ । विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्ने टोलीमा परेका बिमल, अञ्जनसँगै दिनेश राजवंशी र सन्तोष तामाङ भुटान जानु अघिल्लो रात शुक्रबार राति ठमेलको नाइट क्लबमा पुगेका थिए । यो सूचना पाएपछि एन्फाले चारैजना खेलाडीलाई कारबाही गरेको हो ।
अनुशासन उल्लंघन गरेका उनीहरुलाई तत्काल टिमबाट निकालिएको र थप कारबाही बारे एन्फाको आगामी बैठकले निर्णय लिने बताइएको छ । ठमेलको नाइट क्लबमा मातिएको अवस्थामा उनीहरुलाई भेटिएको बताइएको छ । नेपाली टिम शनिबार कुवेतविरुद्ध खेल खेल्न भुटान जाने कार्यतालिका थियो । नेपालले मंसिर ३ गते कुवेतविरुद्ध खेल्दैछ । तर चार खेलाडी टिमबाट निकालिँदा कुवेतविरुद्ध हुने खेल समेत प्रभावित हुनेछ । किनकी कारबाहीमा परेका चारै खेलाडी नेपाली टोलीको पहिलो रोजाईका सदस्यहरु हुन् । चार जना खेलाडीलाई टिमबाट हटाएर सुबास गुरुङलाई टिममा समावेश गरिएको छ ।

सम्बन्धित समाचार