free website hit counter

डलरको भाउले इतिहास रच्यो

beemaadmin
२०८० भाद्र २२, शुक्रबार

काठमाण्डौ । अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। आज शुक्रबार अमेरिकी डलरको भाउ फेरि नयाँ उचाइमा पुगेको हो। योसँगै नेपाली मुद्रा डलरको तुलनामा हालसम्मकै कमजोर बनेको हो। नेपाल राष्ट्र बैंकले आजका लागि तय गरेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.४४ रुपैयाँ र खरिददर १३२.८४ रुपैयाँ कायम भएको छ। जुन नेपाली बजारमा हालसम्मकै उच्च हो। यसअघि गत भदौ १ गतेको विनिमय दरअनुसार १ अमेरिकी डलरको बिक्रीदर १३३.३४ रुपैयाँ र खरिददर १३२.७४ रुपैयाँ कायम भएको थियो। जुन नेपाली बजारमा हालसम्मकै उच्च थियो। पछिल्लो समय भारतीय मुद्रा पनि डलरको तुलनामा कमजोर बन्दै गएको छ। नेपाली रुपैयाँको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेको छ। अमेरिकी डलरको तुलनामा भारुको मूल्य कमजोर हुँदा त्यसको सोझो प्रभाव नेपाली रुपैयाँमा पर्ने गरेको छ। डलरको भाउ बढ्दा देशमा भित्रिने रेमिट्यान्स बढ्छ। निर्यातजन्य व्यापारमा समेत यसले राहात दिन्छ। तर, आयातमुखी अर्थतन्त्रमा डलरको भाउ बढ्दा व्यापार घाटामा झनै चाप पर्छ। देशमा आयात हुने सामानको भुक्तानी डलरमा गर्नुपर्ने बाध्यताले यस्तो अवस्था बनाउँछ। यस्तै देशले लिएको वैदेशिक ऋणको भारसमेत डलरको भाउ बढ्दा बढ्छ।

सम्बन्धित समाचार