free website hit counter

डलरको मूल्यले बनायो दिनदिनै नयाँ रेकर्ड

beemaadmin
२०८१ कार्तिक २३, शुक्रबार

काठमाडौं । कात्तिक २३ गते, शुक्रबार, नेपाली बजारमा डलरको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ। यस दिन डलरको मूल्यले अघिल्लो दिन अर्थात कात्तिक २२ गतेको रेकर्डलाई तोडेर नयाँ रेकर्ड बनाएको हो। नेपाल राष्ट्र बैंकका अनुसार यस दिन डलरको बिक्रीदर १३५ रुपैयाँ ३० पैसा रहेको छ भने खरिददर १३४ रुपैयाँ ७० पैसा रहेको छ। बिहीबार डलरको यस्तो दर क्रमशः १३५ रुपैयाँ १६ पैसा र १३४ रुपैयाँ ५६ पैसा थियो। अघिल्लो दिनको तुलनामा यस दिन डलरको मूल्य १४ पैसा बढेको हो। त्यसैगरी, यस दिन युरोपियन युरो एकको खरिदमा भने १४४ रुपैयाँ २१ पैसा र बिक्रीमा १४४ रुपैयाँ ८६ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७३ रुपैयाँ २० पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर आज ८८ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ७५ पैसा र बिक्रीमा ९७ रुपैयाँ १८ पैसा पाइन्छ। यस दिन कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ९१ पैसा र बिक्रीमा ३७ रुपैयाँ ८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९८ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा यस दिन ३० रुपैयाँ ५६ पैसा र बिक्रीमा ३० रुपैयाँ ६९ पैसा पाइन्छ।

सम्बन्धित समाचार