free website hit counter

डाक्टरलाई ईश्वर मान्दै रामदेवले लगाउने भए खोप

beemaadmin
२०७८ जेष्ठ २८, शुक्रबार

एजेन्सी । आफ्नो अभिव्यक्तिका कारण आलोचनाको शिकार बनेका योगगुरु रामदेवले कोरोनाविरुद्धको खोप लगाउने बताएका छन्। केही दिनअघिमात्र एलोपेथी र डाक्टरसँग सम्बन्धित रहेको विवादास्पद अभिव्यक्ति दिएर आलोचित भएका रामदेवले भ्याक्सिन केही दिनभित्रै लगाउने योजना बनाएको बताए। भारतीय समाचार संस्था पिटिआइका अनुसार गत बिहीबार रामदेवले आफ्नो विरोधाभाषपूर्ण अभिव्यक्त सच्याउँदै डाक्टरलाई धरतीमा रहेका ईश्वरका रुप भएको बताए।
प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जुन २१ तारिखदेखि सबैलाई निशुल्क खोप दिन गरेको घोषणाको स्वागत गर्दै उनले यसलाई ऐतिहासिक कदमको संज्ञा दिए। रामदेवले सबैलाई खोप लगाउन अपिलसमेत गरे। उनले आफू स्वयं लगाउने घोषणा पनि गरे। हरिद्वारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘खोपको दुवै डोज लगाएर तपाईहरु योग र आयुर्वेदको साथ कोरोनाविरुद्धको लडाइँमा दुईगुणा बढी सुरक्षा पाउनु हुनेछ। यो दुवै मिलेर तपाईहरुलाई बलियो सुरक्षा कवच प्रदान गर्ने छ। त्यसपछि, कसैले पनि कोरोना संक्रमणकै कारण ज्यान गुमाउनु पर्ने छैन।’ उनले भारतीय मेडिकल एसोसियसनसँगको विवादबारे भने, ‘म कुनैपनि संस्थासँग विवाद राख्न चाहन्न। म यो पद्धतिको विरोध गरिरहेको छैन तर, औषधीका नाममा गरिब बिरामीमाथि भइरहेको शोषणको विपक्षमा म छु।’
उनले डाक्टरले सस्तो जेनेरिक औषधी दिनुपर्ने ठाउँमा महंगो औषधी दिने गरेको आरोप लगाए। तसर्थ बढी संख्यामा प्रधानमन्त्री जन औषधी केन्द्र खोल्नुपर्ने उनले बताए। रामदेवले यसअघि डाक्टर र एलोपेथी उपचार पद्धतिमाथि प्रश्न उठाएका थिए। उनले एलोपेथीकै कारण लाखौं बिरामीले ज्यान गुमाउनु परेको भन्दै यसलाई स्टुपिडको संज्ञा दिएका थिए। उनले योग र आयुर्वेदकै कारण डाक्टरहरु सुरक्षित भएका र कोरोना भ्याक्सिनको आवश्यकता नरहेको बताएका थिए। यसको एसोसियसनले विरोध गरेको थियो। रामदेवको यस भनाइले कोरोना महामारीमा दिनरात खटिएका चिकित्सकको मनोबल गिराउने काम भएको एसोसियसनले आरोप लगाएको थियो। त्यसपछि रामदेवले माफी मागेका हुन्।

सम्बन्धित समाचार

मिथिला लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

आशा लघुवित्तको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २४, सोमबार

सन्दीपको पेसी आज पहिलो नम्बरमा

beemaadmin
२०८१ बैशाख २३, आईतवार