free website hit counter

डा निलम ढुंगानालाई फकाउने पक्षमा गभर्नर पौडेल

beemaadmin
२०८२ जेष्ठ ९, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको जिम्मेवारी बाँडफाँट गरिएको छ । नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले डेपुटी गभर्नर डा निलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्य विभाजन गरेका हुन् ।यसअघिका गभर्नर महाप्रसाद अधिकारीले डेपुटी गभर्नरको भागमा दिएको जिम्मेवारी नवनियुक्ति गभर्नर डा। पौडेलले डा निलम ढुंगानालाई दिएका छन् । नवनियुक्ति गभर्नर डा।पौडेलले डा निलम ढुंगानालाई हाल दिएको जिम्मेवारी यसअघिका गभर्नर महाप्रसाद अधिकारीको कार्यकालकमा बम बहादुर मिश्रको भागमा रहेको थियो । यसअघि नेपाली काग्रेंसको तर्फबाट गभर्नर पदका लागि उम्मेदावरी दिएका भट्टलाई असहज गरेको हुँदा नवनियुक्त गभर्नर यति बेला डेपुटी गभर्नर डा।निलम ढुङ्गानालाई फकाउन तर्फ केन्द्रित भएको देखिएको छ। यसअनुसार ढुंगानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग तथा प्रदेश कार्यालयको जिम्मेवारी दिइएको छ । त्यस्तै मिश्रलाई बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैङ्किङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभाग रहेका छन् । गभर्नरको कार्यालय मात्रै गभर्नरमार्फत प्रत्यक्ष रूपमा चल्ने व्यवस्था गरिएको छ । गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएर निलम कायम मुकायम गभर्नर बनेपछि सबै विभागको जिम्मेवारी बमबहादुरलाई दिइएको थियो । नयाँ गभर्नर नियुक्त भएर आएपछि ढुङ्गाना डेपुटी गभर्नरमा फर्किएसँगै जिम्मेवारी बाँडफाँट गरिएको हो ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार