free website hit counter

डेढ अर्बको आइपीओ ल्याउँदै बीमा संस्थान

beemaadmin
२०८० भाद्र १५, शुक्रबार

काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले डेढ अर्ब रुपैयाँबराबरको आईपीओ ल्याउने भएको छ। नियामक नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउने योजनाअन्तर्गत संस्थानले १ अर्ब ५० करोड रुपैयाँको आईपीओ ल्याउने तयारी गरेको हो। संस्थानलाई कम्पनी लिमिटेडमा परिणत गर्न लागेको छ। यसका लागि संस्थानले आज भदौ १५ गते विशेष साधारणसभा पनि डाकेको छ। कम्पनीमा परिणत भएपछि आईपीओ निष्कासन गर्ने तयारीमा संस्थान रहेको छ। आईपीओ बिक्रीपछि संस्थानमा संस्थापक समूहको ७० र सर्वसाधारणको ३० प्रतिशत सेयर स्वामित्व रहनेछ। बीमा प्राधिकरणले तोकेबमोजिम संस्थानले ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्याउनुपर्नेछ। हाल संस्थानको पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ। आईपीओ बिक्रीपछि पनि प्राधिकरणले तोकेको चुक्तापुँजी कायम गर्न संस्थानले ३ अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ जुटाउनुपर्ने देखिन्छ। यसका लागि संस्थापक सेयरधनीले बाँकी रकम जुटाउनुपर्नेछ। हाल संस्थानको संस्थापक सेयरधनीमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल बैंक छन्। कुल पुँजीको सबैभन्दा बढी सेयर राष्ट्र बैंकको ५५.५६ प्रतिशत रहेको छ भने अर्थ मन्त्रालयको २७।७७ प्रतिशत र नेपाल बैंकको १६.६७ प्रतिशत हिस्सा रहेको छ। प्राधिकरणले तोकेको चुक्तापुँजी कायम गर्न राष्ट्र बैंकले मात्रै १ अर्ब ८४ करोड ४० लाख रुपैयाँ थप्नुपर्ने देखिएको छ। जुन राष्ट्र बैंकले चुक्ता गरिसकेको संस्थान स्रोतले बतायो। त्यस्तै अर्थ मन्त्रालयले पुँजी पुर्याउन ९२ कराड १६ लाख ६६ हजार रुपैयाँ र नेपाल बैंकले ५५ करोड ३२ लाख ८० हजार रुपैयाँ थप्नुपर्ने देखिएको छ। पुँजी वृद्धि गर्न कतिपय बीमा कम्पनी मर्जर गएका छन्। कतिपयले मर्जरमा गएर पनि पुँजी पुर्याउन सकेका छैनन्। हालै बीमा प्राधिकरणले ४ वटा जीवन र ४ वटा निर्जीवन गरी ८ वटा बीमा कम्पनीलाई तोकिएको चुक्तापुँजी कायम गर्न हकप्रद सेयर निष्कासन गर्न दिने निर्णय गरेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार