free website hit counter

डेढ अर्बको ऋणपत्र ल्याउँदै ग्लोबल आइएमई बैंक

beemaadmin
२०७६ माघ ४, शनिबार

काठमाडौं । ग्लोबल आइएमई बैंकले डेढ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ऋणपत्र निष्काशनको लागि रेटिङ गराए पनि धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। राष्ट्र बैंकको नीति र आफ्नो पूँजीकोष बलियो बनाउन पछिल्लो समय वाणिज्य बैंकहरु ऋणपत्र बिक्रीमा जुटेका छन्। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत वाणिज्य बैंकहरुलाई चुक्ता पूँजीको २५ प्रतिशतसम्म ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था गरेको छ तर मर्जरमा जाने संस्थाले भने एक वर्ष छुट पाउने छन्।
जनतासँग मर्ज गरेको ग्लोबल आइएमई बैंकले भने आगामी आर्थिक वर्षको अन्त्यसम्ममा २५ प्रतिशत ऋणपत्र जारी गर्न पाउनेछ। पछिल्लो समय बैंकहरु मात्र नभई फाइनान्स कम्पनीहरु समेत वाणिज्य बैंकहरुले भन्दा बढी ब्याज दिएर ऋणपत्र निष्काशनको तयारी गरिरहेका छन्।

सम्बन्धित समाचार