free website hit counter

डेपुटी गभर्नरमाथि छानबिन गर्न समिति बन्यो

beemaadmin
२०७६ कार्तिक १८, सोमबार

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि छानबिन गर्न समिति गठन भएको छ । सोमबार गभर्नर डा. चिरञ्जीवी नेपालको अध्यक्षतामा बसेको राष्ट्र बैंक बोर्ड बैठकले ३ सदस्यीय छानबिन समिति गठन गरेको हो । डेपुटी गभर्नर श्रेष्ठ माथि छानविन गर्न राष्ट्र बैंक सञ्चालक समित सदस्य रामजी रेग्मीको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ । रेग्मीको संयोजकत्वमा गठित समितिमा राष्ट्र बैंककै सञ्चालकद्वय सुवोधकुमार कर्ण र रामजी रेग्मी सदस्य छन् । यो समितिले प्रतिवेदन बुझाएपछि सोही प्रतिवेदनका आधारमा आवश्यक कारवाही हुने बताइएको छ । श्रेष्ठमाथि छानबिन गर्नुपर्ने निर्णय मन्त्रिपरिषद्बाट नै भइसकेको भन्दै आइतबार अर्थ मन्त्रालयले राष्ट्र बेंकलाई पत्राचार गरेको थियो । मन्त्रालयको पत्रपछि आइतबार बसेको बोर्ड बेठकमा सञ्चालक समितिका सदस्यहरुको मत बाझिए पछि निर्णय हुन पाएन ।

सोमबार बसेको बैठकले भने यस्तो निर्णय गरेको हो । ०७२ फागुनमा श्रेष्ठ नेपाली कांग्रेस कोटामा डेपुटी गभर्नर बनेका थिए । श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण अनुसनधानमा सरकारलाई असहयोग गरेको, बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा लुकाउन सहयोग गरेको लगायतका आरोप छ । यद्यपि, श्रेष्ठले भने उनीमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । गभर्नरको लाइनमा रहेकाले त्यसबाट रोक्न षड्यन्त्र गरिएको उनको दाबी छ ।

बाटो छेक्न षड्यन्त्र भयो : श्रेष्ठ
आफूमाथि लागेको आरोप बारे नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले भने गभर्नर हुन नदिन षड्यन्त्र भयो । डेपुटी गभर्नर भएका नाताले म आगामी गभर्नरको दावेदार हुँ। मलाई गभर्नर बन्न नदिने षड्यन्त्र भयो। छानबिनका नाममा मलाई गभर्नरबाट पन्छाउन अहिले षड्यन्त्र मात्रै भएको हो । राष्ट्र बैंकको गभर्नर पद आगामी चैतमा रिक्त हुँदैछ। सरकारले अर्थमन्त्रीको संयोजकत्वमा तीन जनाको समिति बनाएर नाम छनौट गर्छ। तीन जनाको नाममध्ये अनिवार्य रुपमा एक जना राष्ट्र बैंकको डेपुटी गभर्नरको सीफारिस गर्नु पर्न पर्छ। यसपाली भने दुबै जना डेपुटी गभर्नरको नाम सिफारिस गरिएको थियो।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

सर्वोत्तम सिमेन्टको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २५, मंगलवार