free website hit counter

ड्युटी छाडेका पाँच डाक्टर भए बर्खास्त

beemaadmin
२०७६ चैत्र २६, बुधबार

बुटवल । युद्धका बेला बिदा बस्ने सिपाही मुलुकका लागि काम लाग्दैन । अहिले मुलुक कोरोनासँगको युद्धमा छ । यो युद्धको अग्रपंक्तिका लडाकू भनेका स्वास्थ्यकर्मी नै हुन् । उनीहरु नै बिदा बसिदिए वा उपचारमा आएनन् भने उनीहरुको के अर्थ ? कोरोना संक्रमण रोकथाम र उपचारमा खटिनुपर्ने कठिन परिस्थितिमा ड्युटीमा नआएको भन्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँचजना चिकित्सकलाई बर्खास्त गरिएको छ । यसरी बर्खास्तीमा पर्नेहरुमा अस्पतालको रेडियोलोजी विभागमा कार्यरत डा. बरदान वली र डा. ताराप्रसाद शर्मा, ईएनटी विभागका डा. प्रकाश न्यौपाने, युरोसर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागमा कार्यरत डा. प्रकृती कार्की रहेका छन् । अस्पताल प्रशासनलाई जानकारी नदिई ड्युटीमा हाजिर नभएकै कारण उनीहरुलाई बर्खास्त गरेको अस्पताल प्रशासनले जनाएको छ । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालको आदेशपछि उनीहरु बर्खास्तीमा परेका हुन् । हटाइएका चिकित्सकहरु करारमा नियुक्त भएका थिए । मन्त्री बरालले सिंगो मुलुक कोरोना भाइरस संक्रमणको महामारीको संकटमा परेका बेला अग्रमोर्चामा खटिएर विरामीलाई उपचार गर्नुपर्ने दायित्वबाट पन्छिनु अपराध सरह भएको भन्दै सेवामा नखटिने चिकित्सकहरुलाई कारवाही गर्न निर्देशन दिएको बताएका छन् ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार