ताप्लेजुङ । गाउँ गाउँमा पनि बैकिङ शाखा विस्तारको क्रममा रहेको सनराइज बैंकले ताप्लेजुङस्थित फुङलिङमा नयाँ शाखा संचालनमा ल्याएको छ । फुङलिङ शाखाको उद्घाटन फुङलिङ नगरपालिकाका मेयर क्षेत्रपटी प्याकुरेल र प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बैंकका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो । नेगरप्रमुख प्याकुरेलले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनुका निमित्त बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । साथै प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आर्थिक विकासलाई अझै प्रभावकारी बनाउन आगामी दिनमा पनि यस क्षेत्रमा अभैm बढी लगानी गर्नुपर्ने आवश्यता रहेको बताए ।