free website hit counter

तारागाउँ रिजेन्सी होटलको खुद नाफा ३३ करोड

beemaadmin
२०८१ बैशाख २७, बिहीबार

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार सो अवधिसम्ममा होटलको सञ्चालन आम्दानी १ अर्ब रुपैयाँ नाघेको छ। तेस्रो त्रैमासको अन्त्यसम्ममा होटलले सञ्चालनमार्फत १ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलको यस्तो आम्दानी ९० करोड ६१ लाख रुपैयाँ थियो। आम्दानी बढेसँगै होटलको खुद नाफा पनि बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा होटलले ३३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.५४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा होटलले २३ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा होटलको अन्य आम्दानी १९.१२ प्रतिशत बढेको छ भने कुल आम्दानी १२.२५ प्रतिशत बढेको छ। नाफासँगै होटलको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा होटलको यस्तो आम्दानी ५ रुपैयाँ ७७ पैसा बढेर २२ रुपैयाँ ६५ पैसा पुगेको छ। सो अवधिसम्ममा होटलको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.०३ गुणा रहेको छ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार