free website hit counter

तीन महिनामा ११ अर्ब बीमाशुल्क आर्जन

beemaadmin
२०७९ कार्तिक २३, बुधबार

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले करिब ११ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन । १९ वटा निर्जीवन बीमा कम्पनीहरुले १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ११.८५ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको असोजसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ९ अर्ब ६९ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका थिए । कुल बीमा शुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी शिर्ष स्थानमा रहेको छ । कम्पनीले चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेको कुल बीमाशुल्कको ११।६६ प्रतिशत हो ।
कुल बीमाशुल्क आर्जनमा राष्ट्रिय बीमा कम्पनी पछि शिखर इन्स्योरेन्स रहेको छ । शिखरले यस अवधिमा १ अर्ब २ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यस्तै सगरमाथा इन्स्योरेन्सले ८५ करोड २१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ८२ करोड ८४ लाख रुपैयाँ, सिद्धार्थ इन्स्योरेन्सले ७६ करोड ४९ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले ७३ करोड ३४ लाख रुपैयाँ, एनएलजीले ६१ करोड ८ लाख रुपैयाँ, प्रिमियरले ५६ करोड ९८ लाख रुपैयाँ र लुम्बिनी जनरल इन्स्योरेन्सले ५० करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा भने जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । जनरल इन्स्योरेन्सले यस अवधिमा २५ करोड १८ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको छ । यो निर्जीवन बीमा कम्पनहिरुले आर्जन गरेको कुल बीमाशुल्कको २।३२ प्रतिशत मात्रै हुन आउँछ ।
कुल बीमाशुल्क आर्जनको आधारमा पहिलो बनेको राष्ट्रिय बीमा कम्पनीले व्यवसाय बढाउनेमा पनि आफुलाई शीर्ष स्थानमा राख्न सफल भएको छ । कम्पनीले यस अवधिमा सबैभन्दा धेरै १८३.०४ प्रतिशतले बीमाशुल्क बढाउदै १ अर्ब २६ करोड ४५ लाख रुपैयाँ पुर्याएको हो । गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले ४४ करोड ६७ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो । यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको बीमाशुल्क ३८.१३ प्रतिशतले बढेर ५० करोड २४ लाख रुपैयाँ पुगेको छ । नेपाल इन्स्योरेन्स, सानिमा जनरल, आइएमई लाइफ इन्स्योरेन्सको बीमाशुल्क पनि २० प्रतिशत भन्दा धेरैले बढेको छ । सबैभन्दा कम बीमा शुल्क बढाउनेमा भने शिखर इन्स्योरेन्स रहेको छ । शिखरको बीमाशुल्क १.६७ प्रतिशतले मात्रै बढेर १ अर्ब २ करोड रुपैयाँ पुगेको हो । गत आर्थिक वर्षको यही अवधिमा शिखरले १ अर्ब ३२ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो ।

सम्बन्धित समाचार