free website hit counter

तोलामै २३ सय रुपैयाँले बढ्यो सुन

beemaadmin
२०८१ जेष्ठ १७, बिहीबार

कामठाडौं । बिहीवार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । यसदिन सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजावी सुन प्रतितोला एक लाख ३९ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ३८ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो। त्यस्तै यसदिन चाँदीको मूल्य घटेको छ । यसदिन चाँदीको मूल्य एक हजार ९०० रुपैयाँमा किनबेच भईरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोलमा एक हजार ९३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार