free website hit counter

थपियो काठमाडौं उपत्यकामा १७ सम्म निषेधाज्ञा, के के गर्न पाइन्छ ?

beemaadmin
२०७७ भाद्र १०, बुधबार

काठमाडौं । कोरोना संक्रमण उच्च गतिमा फैलिन थालेपछि शुरु गरिएको निषेधाज्ञा एक साता लम्ब्याइएको छ । उपत्यकामा एक साताका लागि निषेधाज्ञा थप गरिएको हो । तीनै जिल्लाका प्रजिअहरुको बैठकले भदौ १७ सम्म निषेधाज्ञा थप गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेले जानकारी दिएका छन् ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । यसअघि भदौ ३ को मध्यरातिबाट लागू हुने भएको निषेधाज्ञा आज बुधबार राति सकिनलागेको थियो । उपत्यकामा कोरोना संक्रमण दर तीव्ररुपमा बढीरहेकोले निषेधाज्ञा थप गरिएको हो ।
सोमबार बसेको उपत्यका नगरपालिका फोरमको बैठकले पनि संक्रमण बढेको निष्कर्ष निकाल्दै भदौ १५ सम्म निषेधाज्ञा लम्ब्याउन प्रशासनलाई सिफारिस गर्ने निर्णय गरेको थियो । निषेधाज्ञा लगाइएको अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदको कामबाहेक बाहिर निस्कन पाइने छैन । बाहिर निस्किँदा मास्क अनिवार्य लगाउनुपर्नेछ ।

अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकायबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । नियमित सेवा प्रदान गर्नुपर्ने कार्यालय जाने कर्मचारी विहान ९ बजेदेखि साढे १० बजेसम्म र बेलुका ३ देखि साढे ५ बजेसम्म आउ–जाउ गर्न सक्नेछन् । होटल, रेष्टुरेन्ट, फुटपाथ पसलसमेत बन्द हुनेछन् । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्नेछन् ।

सम्बन्धित समाचार