free website hit counter

दशैँ शुरु भएसँगै सुनको मूल्यमा भारी वृद्धि

beemaadmin
२०८० आश्विन २८, आईतवार

काठमाडौं । दशैँ लागेसँगै सुनको भाउमा भारी वृद्धि भएको छ । असोज २७ गते, शनिबार एकैदिन तोलामा २ हजार ९०० रुपैयाँले महंगिएको हो । घटस्थापनाको दिन भने सुनचाँदी शनिबारकै भाउमा कारोबार भइरहेको छ । असोज २८ गते, आइतबार सुनको भाउ स्थिर रहेर छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँ कायम रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । अन्य समयमा शनिबार शुक्रबारकै भाउमा कारोबार भए पनि हिजो भने महासंघले सुनको भाउमा धेरै बढेको हुनाले तोकेको थियो । महासंघले सुनको मूल्यमा धेरै घटबढ भएमा र कारोबार धेरै भएमा शनिबार मूल्य तोक्ने गर्दछ । विश्व बजारको मूल्यकै आधारमा नेपालमा पनि सुनचाँदीको मूल्य तोकिने भएकाले शनिबार यस्तो चढाव देखिएको हो । अन्तरराष्ट्रिय बजारमा हिजो सुनको भाउमा भारी बढोत्तरी देखिएको थियो । शनिबार सुन प्रति अउन्स ६१ डलर भन्दा धेरैले बढेर एक हजार ९३२ डलर पुगेको थियो । यसअघि शुक्रबार सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेर प्रतितोला एक लाख १० हजार १०० रुपैयाँमा किनबेच भएको थियो । तर शनिबार भने तोलाम नै २ हजार ९०० रुपैयाँले बढ्दा प्रतितोला एक लाख १३ हजार रुपैयाँ पुगेको हो । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३९० रुपैयाँ कायम रहेको छ । शनिबार भने चाँदीको मूल्यमा उल्लेखनिय वृद्धि देखिएको थियो । हिजो चाँदी तोलामा नै ४५ रुपैयाँले महंगिदा प्रतितोला एक हजार ३९० रुपैयाँ पुगेको थियो ।

सम्बन्धित समाचार