free website hit counter

दश मिनेटको ब्रिफिङले आउला त पानीजहाज ?

beemaadmin
२०७६ मंसिर १०, मंगलवार

काठमाडौं । सरकारको मेगा प्रोजेक्टको रुपमा रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीको एउटा सपनाको रुपमा रहेको नेपाली झण्डा फहराउँदै पानी जहाज कुदाउने सपनाको प्रारम्भिक मार्गचित्र तयार गर्ने काम हुँदैछ । त्यही प्रयोजनका लागि सरकारले पानी जहाज कार्यालयको स्थापना पनि गरिसकेको छ ।

पानी जहाज सञ्चालन गर्ने मन्त्रालयको नेतृत्व अहिले रघुवीर महासेबाट बसन्त नेम्वाङमा सरेको छ । भौतिक योजना निर्माण तथा यातायामन्त्री नेम्वाङ शालिन स्वाभावका छन् । पहिलो पटक शासकीय जिम्मेवारी पाएका नेम्वाङका सामू प्रधानमन्त्रीको सपनालाई व्यवहारमा उतार्नु छ । तर प्रारम्भिक रुपमै उनले सरकारको प्राथमिकता के हो भन्ने ठम्याउन नसकेको हो कि भन्ने आभाष मिलेको छ । सोमबार मन्त्रालय मातहतका कार्यालयको ब्रिफिङ लिने क्रममा यातायात व्यवस्था विभागलाई आधा घण्टाभन्दा बढी समय दिएका मन्त्री नेम्वाङले राष्ट्रिय सपना बनेको पानी जहाज सम्बन्धी ब्रिफिङ लिन जम्मा १० मिनेट समय दिए ।

मन्त्रालय स्रोतकाअनुसार, मन्त्रीको प्राथमिकतमा नपरेर हो या मन्त्रीले छेउछन्द नपाएर हो पानी जहाजसम्बन्धी ब्रिफिङ १० मिनेटमै टुंग्याएका नेम्वाङका पालामा पानी जहाज आउला त ? मन्त्रालयका अधिकारीहरुले नै प्रश्न उठाउन थालेका छन् ।

सम्बन्धित समाचार