free website hit counter

दाबी भुक्तानीको गुनासो शुन्य बनाउनुपर्छः अध्यक्ष ओझा

beemaadmin
२०८२ बैशाख ३१, बुधबार

काठमाडौं । नियामक निकाय बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सवको अवसरमा आज प्रभातफेरी कार्यक्रमको आयोजना गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाको विश्वसनियता बढाउने गरी काम गर्न बीमा कम्पनीहरुसँग आग्रह गरेका छन् । अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानुपर्ने बताए । उनले सुधार नियमित प्रक्रिया भएकाले अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको बीमाको विश्वसनियता बढाउनु रहेको उल्लेख गरे । उनले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा आएका गुनासोहरुको सम्बोधन गर्दै जानुपर्ने बताए । उनले बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेको भन्दै यसले बीमाको क्षेत्रमा विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्ने बताए । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक रहेको उनको भनाइ छ । उनले भने, हामी बीमाको विश्वसनियता बढाउने गरी काम गर्न तायर छौँ । आजका दिनमा देखिएका कमी, कमजोरीहरु हटाउँदै जानेछौँ । सुधार नियमित प्रक्रिया हो । हाम्रो अहिलेको महत्वपूर्ण प्राथमिकता भनेको विश्वसनियता बढाउने नै हो । हामीले दाबी भुक्तानी, जीवन, निर्जीवनका विषयमा जे जस्तो गुनासोहरु आउने गर्दछन् । त्यसलाई हामीले क्रमशः घटाउँदै जानुपर्ने छ । शुन्यमा पुर्याउनुपर्नेछ । बीमा प्राधिकरणमा उजुरीका संख्या बढिरहेका छन् । त्यसले हाम्रो विश्वसनियतामा सही तरिकाले काम गर्न नसकेको हो की भन्ने प्रश्न सिर्जना हुनसक्छ । बीमा क्षेत्रको क्रेडिबिलिटी बढाउन आवश्यक छ । अध्यक्ष ओझाले एक वर्षको बीमाको प्राथमिकता सेवा प्रवाहमा सुधार र विश्वसनियतामा हुनुपर्ने बताए।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार