free website hit counter

दामनको रिसोर्ट पर्यटक मृत्यु प्रकरणले उब्जाएको प्रश्न

beemaadmin
२०७६ माघ ७, मंगलवार

काठमाडौं । मालपोत र यातायात कार्यालय बाहिर लेखापढी गर्न तालिम र परीक्षाको व्यवस्था छ । तर मानिसको स्वास्थ्य जीवनसँग जोडिएको होटल तथा रेष्टुरेन्ट खोल्न कुनै निश्चित तालिम तथा मापदण्ड छैन । खाद्य सुरक्षाको बारेमा केही जानकारी नभए पनि होटल तथा रेष्टुरेन्ट खोज्न पाइने प्रावधानले गर्दा नेपालमा खाद्य सुरक्षाको अवस्था पनि डरलाग्दो छ । त्यसमाथि होटल तथा रेष्टुरेन्टका कोठाको अवस्था कस्तो हुनुपर्छ र सुरक्षाको सम्पूर्ण जानकारी होटल सञ्चालकलाई हुनुपर्छ भन्ने ज्ञान नहुँदा भ्रमण वर्षको शुरुमै नेपाल घुम्न आएका आठ जना भारतीय पर्यटकको दुखद निधन हुन पुगेको छ ।

मकवानपुरको एभरेष्ट पानोरमा रिसोर्टमा नाइट स्टेका लागि बसेका ८ जना पर्यटकको मृत्यु पछि नेपालका होटलको सुरक्षामाथि प्रश्न उठेकोछ । यो अज्ञानमा भएको ठूलो दुर्घटना हो । यस घटनाबाट पाठ सिकेर अन्य होटल तथा व्यवसायलाई निश्चित तालिमको व्यवस्था तथा सुरक्षासम्बन्धी आवश्यक चेतनामूलक तालिमको आवश्यकता देखिएको छ ।

मंगलबार बिहान होटलमा बेहोस अवस्थामा भेटेपछि कर्मचारीले इलाका प्रहरी कार्यालय, पालुङलाई खबर गरेका थिए । लगत्तै अचेत भएका ४ पुरुष र ४ महिलासहित ८ जना भारतीय पर्यटकलाई कैलाश एयरको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो । ह्याम्स अस्पतालमा पुर्याइएृका उनीहरुको उपचारका क्रममा सबैको मृत्यु भएको भयो ।

मृत्यु हुनेहरुमा ३८ वर्षीय रञ्जित कप, ३४ वर्षीया इन्द्र, ३७ वर्षीय प्रविण, ३२ वर्षीया श्री सरीया, ५ वर्षीय बालक अभि, ७ वर्षीया अर्चना, ५ वर्षीया बालक बैष्णव र ९ वर्षीया बद्रा रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्ने छ । नेपाल घुम्न भारतको केरलाबाट १५ जनाको समूह नेपाल आएको थियो । तीमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेका थिए । यो घटनाले पर्यटकलाई सुरक्षित बनाउन पर्यटनव्यवसायी र होटल व्यवसायीलाई तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ ।

सम्बन्धित समाचार