free website hit counter

दुई कम्पनी आईपीओको प्रक्रियामा

beemaadmin
२०७९ श्रावण ५, बिहीबार

काठमाण्डौ । ट्रेड टावर र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका छन्। ट्रेड टावरले साढे ११ करोड रुपैयाँ र रावा इनर्जीले ८ करोड ४० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति माग गर्दै सेबोनमा निवेदन दिएका हुन्।
सेबोनले अनुमति दिएमा ट्रेड टावरले १०० अंकित दरका कुल ११ लाख ५८ हजार ९८० कित्ता आईपीओ सर्वसाधारणलाई बिक्री गर्नेछ। ट्रेड टावरको आईपीओ बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ। त्यसैले सेबोनको अनुमति पाएमा रावा इनर्जीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

सम्बन्धित समाचार