free website hit counter

दुई दिन घटेको सुन तेस्रो दिन लाग्यो उकालो

beemaadmin
२०७९ जेष्ठ १९, बिहीबार

काठमाडौं । सुनचाँदीको मूल्य महंगिएको छ । जेठ १९ गते, बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । यस दिन छापावाल सुन प्रतितोला ९७ हजार ६०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९७ हजार १०० रुपैयाँ पुगेको छ । बुधबार भने सुन तोलामा ८०० रुपैयाँले गिरावट हुँदा प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले उकालो लागेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २६५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन भने चाँदीको भाउ घटेको थियो । सो दिन चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा झरेको थियो ।

सम्बन्धित समाचार

एनएमबि लघुवित्तको नाफामा पहिरो

beemaadmin
२०८१ बैशाख २६, बुधबार

एचआईडिसिएलको नाफा बढ्यो

beemaadmin
२०८१ बैशाख २६, बुधबार