free website hit counter

दुई महिनामा जीवन बिमा कम्पनीले आर्जन गरे २९ अर्ब भन्दा बढी बिमा शुल्क

beemaadmin
२०८० आश्विन १९, शुक्रबार

काठमाडौं। चालु आर्थिक वर्षको दुई महिना अर्थात भदौ मसान्तसम्ममा जीवन बिमा कम्पनीहरुले २९ अर्ब रुपैयाँ बढी बिमा शुल्क आर्जन गरेका छन्। नेपाल बिमा प्राधिकरणको भदौ मसान्तसम्मको तथ्यांक अनुसार २ वटा लघु जीवन बिमा कम्पनीसहित १६ वटा जीवन बिमा कम्पनीहरुले कुल २९ अर्ब १३ करोड ११ लाख ८३ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका हुन्। जसमध्ये ४ अर्ब ३३ करोड ६७ लाख १९ हजार रुपैयाँ प्रथम बिमा शुल्क रहेको छ भने २४ अर्ब ७९ करोड ४४ लाख ६४ हजार नवीकरण बिमा शुल्क रहेको छ। कुल बिमा शुक्लमध्ये २ वटा लघु जीवन बिमा कम्पनीको हिस्सा १३ लाख ४५ हजार रुपैयाँ मात्र रहेको छ। यस अवधिमा नेपाल लाइफ इन्सुरेन्सले सबैभन्दा धेरै ८ अर्ब १ करोड १८ लाख रुपैयाँ बिमा शुल्क आम्दानी गरेको छ। त्यसपछि, राष्ट्रिय बिमा संस्थानले ३ अर्ब ५६ करोड ८५ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ। यस्तै, एलआइसी नेपालले पनि ३ अर्ब माथि बिमा शुल्क आर्जन गरेको छ । भदौ महिनामा मात्रै जीवन बिमा कम्पनीहरुले ८ लाख १५ हजार ३३६ वटा बिमा लेख जारी गरेका छन् भने २ वटा लघु निर्जीवन बिमा कम्पनीले ६५१ वटा बिमा लेख जारी गरेका छन्। सबैभन्दा धेरै मेट लाइफ इन्सुरेन्सले ५ लाख ३२ हजार ३८१ वटा बिमा लेख जारी गरेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार