free website hit counter

दुई महिनामा भित्रियो साढे २ खर्ब बढी रेमिट्यान्स

beemaadmin
२०८१ आश्विन २९, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा साढे २ खर्ब बढीको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१–८२ को भदौसम्म २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५।२ प्रतिशत बढेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ४ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) २ खर्ब ८६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २ खर्ब ५१ अर्ब ६५ करोड रहेको थियो ।

सम्बन्धित समाचार

१३ लाख मानिसले उपत्यका छाडे

beemaadmin
२०८१ आश्विन २६, शनिबार

आज विजयादशमी, आफैँमा शुभ दिन

beemaadmin
२०८१ आश्विन २६, शनिबार

डलरको मूल्यले बनायो नयाँ रेकर्ड

beemaadmin
२०८१ आश्विन २६, शनिबार