काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमितको ज्यान गुमेपछि आवश्यक कागजात पूरा गरी मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कम्पनीको विजुवार, प्यूठान शाखाले वैदेशिक रोजगार मृत्यु दाबी भुक्तानी बापत १४ लााख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको हो । २ महिना अगाडि विदेश गएका बोमबहादुर केसीको विदेशमै मृत्यु भएको थियो । मृतकको श्रीमती अमृता केसीलाई उक्त बराबरको रकम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा प्यूठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले सबै नेपालीले बीमा गर्नु आवश्यक रहेको र सिटीजन लाईफले प्यूठान जिल्लामा धैरे जनताको विश्वास जित्न सफल भएको भन्दै थप सफलताको शुभकामना समेत व्यक्त गरे । कार्यक्रममा जितपुर क्षेत्रका क्षेत्रीय शाखा प्रबन्धक लक्ष्मण मरासिनीले कम्पनी, वीमाको पहुच र बीमाको महत्वबारे प्रकाश पार्नुको साथै कम्पनीले दाबी भुक्तानी छिटो र सहज तरिकाले गरेको बताए ।
कार्यक्रममा शाखा प्रबन्धक दिनेश कार्की, एजेन्सी मेनेजर ईश्वर सिंह विष्ट, राजन श्रेष्ठ, विनिता देवकोटा, माया जि।एम। रावत, शान्ता बस्नेत, युनिट मेनेजरहरु र अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।