free website hit counter

दुई लाख भन्दा माथि पुग्छ त सुनको मूल्य ?

beemaadmin
२०८० चैत्र १३, मंगलवार

काठमाण्डौ । ऐतिहासिक मूल्य कायम गरेको सुनको मूल्य अझै धेरै माथि उक्लिने आँकलन विज्ञहरुले गरेका छन् । अमेरिका र यूरोप क्षेत्रका विज्ञ, विश्लेषक तथा जानकारहरुको प्रक्षेपणलाई आधार मान्ने हो भने सुनको मूल्य केही वर्षमै अहिलेको मूल्यको झण्डै डबल हुनेछ । यस्ता प्रक्षेपणहरुलाई आधार मानेर हेर्दा सुनको मूल्य अबको ४–५ वर्षभित्रमा प्रति औंस ४१०० अमेरिकी डलर भन्दा माथि पुग्नेछ । हाल अन्तराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २२०० डलर हाराहारीमा छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्यमा उछाल आएसँगै नेपाली बजारमा समेत भाउ बढ्ने गर्छ । बिहीबार मात्रै नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ८०० रुपैयाँ पुगेको छ । यो भनेको हालसम्मकै उच्च मूल्य हो । अन्तराष्ट्रिय बजारमा हुने मूल्यको उतारचढावको सोझो असर नेपाली बजारमा पनि पर्ने भएकोले यदि प्रक्षेपणअनुसार नै सुनको मूल्य बढे नेपालमा समेत अबको ४–५ वर्षभित्र प्रतितोलामा हालको मूल्यमा ९० प्रतिशतले वृद्धि भई २ लाख ४३ हजार रुपैयाँभन्दा माथि९करिब अढाईलाख० पुग्नसक्ने देखिएको छ । बेलायतको चर्चित ब्लग ुलाइट फाइनान्सुले प्रकाशित गरेको एक रिपोर्टमा मुद्रास्फिति, मुद्राहरुको मूल्यमा हुने उतारचढाव, भूराजनीतिक तनावका कारण मन्दीको जोखिम, ब्याजदरहरुमा हुने तीव्र उतारचढाव तथा आपूर्ति र मागसँग अन्तरसम्बन्धित विषयलाई सुनको मूल्य रकेटको गतिमा उड्ने प्रमुख कारणको रुपमा प्रस्तुत गरिएको छ । सो वेबसाइटमा प्रकाशित पूरा रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस् । विश्लेषकहरुले २०२४ को अन्त्यसम्म २५५२।१५ डलर प्रति औंससम्म पुग्नसक्ने आँकलन सार्वजनिक गरेका छन् । यो भनेको अहिलेको मूल्यमा १६ प्रतिशतभन्दा बढीको वृद्धि हो । यदि यो आँकलन सत्य सावित भयो भने सन् २०२४ भित्र नेपाली बजारमा सुनको भाउ बढेर प्रतितोला १ लाख ४९ हजार रुपैयाँ सहजै पार गर्नेछ । अर्थात, अबको ९ महिनाभित्र सुनको मूल्य प्रतितोला डेढलाख हाराहारी पुग्ने अनुमान गर्न सकिन्छ । विश्लेषकहरुले सन् २०२५ देखि २०३० सम्ममा सुनको मूल्य प्रतिऔंस ४१०० डलरभन्दा माथि पुग्नसक्ने आँकलन सार्वजनिक गरेका छन् । यो भनेको हाल कायम मूल्यको ९० प्रतिशतभन्दा बढीले माथि हो । वृद्धिको यही हिसाब लगाएर हेर्ने हो भने नेपालमा समेत सो बेलासम्म सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँभन्दा माथि पुग्नेछ । विश्लेषकहरुले सन् २०२५ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस २७०० डलरभन्दा माथि, २०२६ को अन्त्यसम्म २७६१ भन्दा माथि, सन् २०२७ मा बढेर २८०० माथि र अन्त्यसम्म केही घटेर २५८३ डलरसम्म आउनसक्ने भनेका छन् । सन् २०२८ को अन्त्यसम्म सुनको मूल्य प्रतिऔंस २९२१ डलरभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ । सन् २०२९ को अन्त्यसम्ममा ३८६५ डलर र २०३० को अन्त्यसम्ममा ४ हजार १९२ डलर प्रतिऔंससम्म सुनको भाउ पुग्नसक्ने देखिएको छ ।

सम्बन्धित समाचार