free website hit counter

दुई सचिवको दरबन्दी र मन्त्रालयको दर्द

beemaadmin
२०७६ फाल्गुन १३, मंगलवार

काठमाडौं । एउटै मन्त्रालयमा दुई सचिव हुँदाको सकस व्यहोरेको सरकारले विस्तारै एउटै सचिव कायम गर्न खोजे पनि व्यवहारिक रुपमा कार्यान्वयन आएको छैन । दुईवटा सचिव एउटै मन्त्रालयमा हुँदा द्वन्द्व बढ्नुका साथै काम गर्न पनि असहज भएको, कर्मचारीबीच गुटबन्दी सिर्जना हुने गरेको, कुनसचिवसँग को नजिक हुने र मन्त्रीसँग कुन सचिव नजिक हुने प्रतिस्पर्धाले गर्दा कार्य सम्पादनमा समेत गम्भीर असर देखिन थालेपछि संघीयता कार्यान्वयनपछि दुई सचिवको दरबन्दी कटौती गरिएको थियो भने केहीमा भने बाँकी नै थिए । ती बाँकी रहेका मन्त्रालयहरुमा पनि क्रमशः त्यहाँ कार्यरत सचिवको अवकाशसँगै स्वतः दरबन्दी खारेज भई एउटामा सीमित हुने भनिए पनि सरकारले उक्त नीतिलाई कार्यान्वयनमा ल्याउन सकेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पनि लामो समयदेखि यही समस्या कायम छ । त्यहाँ दुई जना सचिव विगतमा स्वास्थ्य सेवाकै रहने प्रावधान रहे पनि केही समयअघि मात्र एउटा दरबन्दी प्रशासनको र एउटा स्वास्थ्यको रहने व्यवस्था गरियो । जसअनुसार अहिले प्रशासनतर्फ खगराज बराल कार्यरत छन् भने स्वास्थ्यको दरबन्दी रिक्त छ । उक्त रिक्त दरबन्दीमा नयाँ सचिव नियुक्तिका लागि तयारी भइरहेको बताइन्छ । त्यस्तै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय विगतमा पनि बेग्ला बेग्लै अस्तित्वमा रहे पनि संघीयता कार्यान्वयनसँगै तीनवटै मन्त्रालय एउटामा गाभिएपछि दुईवटा सचिव कार्यरत छन् । पटक पटक बाणिज्य सचिव सरुवा भए पनि उक्त दरबन्दी कटौतीमा परेको छैन ।

अहिले उद्योगतर्फ यमकुमारी खतिवडा र बाणिज्य तथा आपूर्तितर्फ डा. वैकुण्ठ अर्याल कार्यरत छन् । दुई सचिव हुँदा मन्त्रीसँगै टकराव हुन पुगेको, सचिव सचिव बीच बोलचाल नै बन्द भएका घटनाहरु पनि नभएका होइनन् । यही समस्या व्यहोरेको थियो कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले । गत माघ २९ गतेदेखि स्वेच्छिक अवकाश रोजेका कृषिसचिव डा. युवकध्वज जिसी र पशुपंक्षी विकास तर्फका सचिव डा. प्रकाश माथेमाबीच बोलचाल नै बन्द भएको घटना अझै पनि कृषि मन्त्रालयका कर्मचारीको दिमागमा ताजै छ ।

घमण्डी स्वाभावका जिसी आफूलाई आफूलाई सबै विषयका ज्ञाता सम्झने र नीति नियम बनाउने मन्त्री र बाँकी कर्मचारीहरुलाई केही थाहा नभएको जस्तो व्यवहार गर्ने स्वाभावकै कारण उनीसँग मन्त्री र मन्त्रालयका उच्च तहका कर्मचारीबीच मनमुटाव हुनु सामान्य जस्तै भएको थियो । यही पीडा व्यहोरका कर्मचारीहरु अहिले मन्त्रालयमा एउटै मात्र सचिव राखिदिए हुन्थ्यो भन्ने मनस्थितिमा छन् । तर बढुवाको तयारीमा रहेका कर्मचारीहरु दरबन्दी कायमै राख्नुपर्ने पक्षमा छन् ।

अन्य मन्त्रालयमा रहेका दुई सचिवको दरबन्दी यथावत रहने तर कृषिको दरबन्दी मात्रै किन काट्ने ? भन्ने प्रश्न समेत उब्जिएको छ । लामो समय दुई सचिवको झमेला व्यहोरेको भौतिक योजना तथा यातायात मन्त्रालयले अहिले भने त्यो समस्याबाट मुक्त छ । अहिले त्यहाँ एउटै सचिव मात्र कार्यरत रहँदा मन्त्रालयको कार्यसम्पादन विगतको भन्दा राम्रो देखिन्छ । ऊर्जा तथा सिञ्चाई मन्त्रालय एउटै भएपछि त्यहाँ पनि दुई सचिव कार्यरत छन् । ऊर्जामा दिनेशकुमार घिमिरे र सिञ्चाईमा रविन्द्रनाथ श्रेष्ठ छन् ।

त्यहाँ पनि ऊर्जाले सिञ्चाईलाई अपहेलित गरेको भन्ने गुनासो कर्मचारी वृत्तमा छ । मन्त्री समेत ऊर्जा तर्फ नै ढल्केको आरोप लागेको छ । त्यस्तै अर्थमन्त्रालयमा विगत लामै समयदेखि दुई सचिव भए पनि त्यहाँ भने खासै विवाद छैन । दुवै सचिवलाई स्पष्ट रुपमै कार्य विभाजन गरिदिएका कारणले पनि त्यहाँ विवाद भएको र दुई सचिवको आवश्यकता देखिएको हो । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयमा पनि दुई सचिव हुँदा एउटा सचिव (शिक्षातर्फ) लाई अत्यधिक कामको बोझ छ भने विज्ञान प्रविधि सचिव भने थन्काउने ठाउँ बनेको छ । शिक्षा सचिवको रुपमा महेश्वर दाहाल कार्यरत छन् भने विज्ञान सचिवमा रुपमा डा. सञ्जय शर्मा कार्यरत छन् । धेरैलाई त्यहाँ दाहाल मात्रै सचिव रहेको आभाष हुने गरेको छ ।

सम्बन्धित समाचार

सुनको मूल्यमा एकैदिन यति धेरै घट्यो

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

सूर्य ज्योति लाइफ १७औं वर्षमा

beemaadmin
२०८१ बैशाख ११, मंगलवार

गुराँस लघुवित्तको नाफा २ करोड माथि

beemaadmin
२०८१ बैशाख ११, मंगलवार