free website hit counter

दुई सहसचिव सचिवमा बढुवा

beemaadmin
२०७७ बैशाख ३, बुधबार

काठमाडौं । दुई सहसचिव सचिवमा बढुवा हुने भएका छन् । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव अर्जुन पोखरेल र सागर राईलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो । प्रशासन सेवातर्फबाट सचिवमा बढुवा भएका पोखरेललाई प्रदेश नम्बर २ को प्रमुख सचिवमा पदस्थापना गरिएको छ भने इन्जिनियरिङ सेवातर्फका राईलाई नेपाल ट्रस्टको कार्यालयमा पदस्थापन गरिएको छ । नेपाल ट्रस्टका सचिव रामकृष्ण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ । प्रदेश नं. २ का प्रमुख सचिव रामकृष्ण सुवेदीलाई सुदूर पश्चिम प्रदेशको प्रमुख सचिवमा सरुवा गरिएको छ ।

सम्बन्धित समाचार