free website hit counter

दुई सुरक्षा अंगका प्रमुख दार्चुला पुगे

beemaadmin
२०७७ असार ३, बुधबार

काठमाडौं । छिमेकी मित्रराष्ट्र भारत यतिबेला सबै छिमेकीसँगको सीमा विवादमा फसेको छ । चीनसँगको सीमा विवादले उग्ररुप लिँदा २० जना भारतीय सैनिकले ज्यानै गुमाउनु परेको छ । नेपालले पनि सीमा विवाद बढ्दै गएको बेला आफ्नो भूमि रक्षाका लागि सीमानामा सुरक्षा तैनाथी बढाएको छ । यही बेला नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल दार्चुलाको छाङ्गरू पुगेका छन्। बुधबार बिहान १० बजे दुबै सुरक्षाका प्रमुख दार्चुला ब्यास नगरपालिका वडा नम्बर १ मा पुगेको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रविण कुमार श्रेष्ठले जनाएका छन् । उनका अनुसार सशस्त्र प्रहरीले बनाएको बोर्डर आउट पोष्ट (बिओपी) र सेनाको अस्थायी बेस निरीक्षण गर्न पुगेका हुन्। दार्चुलाको छाङ्गरूमा गत वैशाख ३१ गते सशस्त्रको बिओपी र जेठ ७ गते घाँटीबगरमा सेनाको अस्थायी बेस क्याम्प स्थापना गरेको थियो। साथै, दुबै प्रमुखले सेनाले बनाउँदै गरेको दार्चुलादेखि तिंकरको बाटोको निरीक्षण समेत गरेको दार्चुलाका सहायक सिडिओ टेकसिंह कुँवर जानकारी दिए।

सम्बन्धित समाचार

सुन र चाँदी दुवैको मूल्य घट्यो

beemaadmin
२०८२ फाल्गुन २५, सोमबार

फरवार्ड माइक्रोफाइनान्सको लाभांश नदिने

beemaadmin
२०८२ फाल्गुन २५, सोमबार