free website hit counter

दुर्घटनामा ज्यान गुमाएका चन्द्रलालको परिवारलाई एक करोड मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ श्रावण ३, मंगलवार

काठमाडौं । सवारी दुर्घटनामा आफ्ना बीमितको ज्यान गुमेपछि युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमितका आश्रित परिवारलाई एक करोड २ लाख ८० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी दिएको छ । बीमित चन्द्रलाल मास्केको परिवारलाई कम्पनीको पाँचखाल शाखाले एक कार्यक्रमको आयोजना गर्दै दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो । मृतक चन्द्रलालकी श्रीमती, काका र भाईलाई संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो । युनियन लाइफ बागमति प्रदेश इन्चार्ज दोर्जे लामाले चेक मार्फत भुक्तानी दिएका हुन् । बीमित चन्द्रलालको २०७८ चैत २५ गते मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको थियो । बीमित चन्द्रलालले २०७७ भदौ २२ गते युनियन लाइफ इन्स्योरेन्स पाँचखाल शाखाबाट ५० लाख रुपैयाँ बीमाङ्कको वार्षिक अग्रिम भुक्तानी बीमा पोलिसी खरिद गरेका थिए । बीमितको परिवारले यस पोलिसीले दिएको सुविधा अनुसार दुर्घटना मृत्युबापतको सुविधा रकम, बीमाङ्क रकम र बोनस सहित एक करोड २ लाख ८० हजार रुपैयाँ क्षतिपुर्ती प्राप्त गरेका छन् । युनियन लाइफका अनुसार यो भुक्तानी यस क्षेत्रकै सबैभन्दा ठूलो दाबी रहेको जनाएको छ । हरेक घरलाई आर्थिक सुरक्षा प्रदान गर्ने कम्पनीको उद्देश्य अनुरुप यस बीमा पोलिसीले बीमित चन्द्रलालको परिवारलाई आर्थिक क्षति हुनबाट जोगाएको कम्पनीका क्षेत्रिय प्रमुख लामाले बताए ।
कम्पनीका सिनियर एजेन्सी म्यानेजर निरन्जल अधिकारीले पाँचखाल लगायतका आसपासमा एक घर एक बीमा अभियान चलाइरहेको जानकारी गराए ।

सम्बन्धित समाचार