free website hit counter

देउवाको शासन, आरजुको राज

beemaadmin
२०७८ श्रावण १६, शनिबार

 

घरपरिवारले शेरबहादुर देउवासँग बिहे गर्न धेरै कर गरेपछि त्यो बेला आरजु राणाले एउटा शर्त तेर्स्याइन् ‘बिहे गरेर म गृहणी भएर बस्न सक्दिनँ। तर अरू व्यवस्थापनचाहिँ गर्नसक्छु।’ त्यो २०४९ सालतिरको कुरा थियो। गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा शेरबहादुर देउवा गृहमन्त्री भइसकेका थिए। देउवाले आरजुको त्यो प्रस्ताव सजिलै स्वीकार गरिदिए।

दुई वर्षअघि देउवाले गरेको प्रस्ताव त्यसपछि बिहेमा परिणत भयो।

भनेजस्तै भो१ आरजु कहिलै गृहणी अनि देउवाकी ‘पत्नी’मात्रै बनेर ‘गुमनाम’ भइनन्।

२०५२ सालमा शेरबहादुर देउवा पहिलोपल्ट प्रधानमन्त्री भए। आरजुले आफू काम गर्दै आएको आइएनजिओको जागिर छोडिन्।
त्यसपछि पनि उनले केही एनजिओहरूको नेतृत्वमा रहिन्। महिला र बालबालिकाको क्षेत्रमा काम गरिन्। तर, ती पाइला विस्तारै राजनीतितिर बढ्दै गए। अन्ततस् उनी २०५३ सालदेखि नेपाली कांग्रेसमा सक्रिय भइन् र शेरबहादुरका राजनीतिक पदचाप पछ्याइन्।

र, ती पदचापहरू अहिले यति धेरै शक्त्तिशाली भइसकेका छन् कि, ‘आरजु देउवा’ नेपाली कांग्रेसभित्रको अर्को एउटा ‘महाशक्ति’ भइसकेको छ।

नेपालका लागि तत्कालीन अमेरिकी राजदूत जुलिया चाङले जुराइदिएको त्यो लगनगाँठो आरजुको राजनीतिक जीवनका लागि एउटा ‘कोशेढुङ्गो’ भइदियो।

जुद्ध समशेर राणा खलकमा हुर्के बढेकी आरजुकी आमा प्रतिभा राणा पनि त्यो बेला राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०की नेता थिइन्। प्रतिभाको घरमा राजदूत जुलियाको आउजाउ निकै बाक्लो थियो। र, आरजुको बिहेका लागि उनले नै चाँजोपाँचो मिलाइदिइन्।

शक्तिशाली छाँया
सन् १९६२को जनवरी २६मा जन्मिएकी आरजुले काठमाडौंकै सेन्टमेरिज स्कुलमा पढेकी हुन्। उच्च शिक्षा भने उनले भारतबाटै गरिन्। भारतको पञ्जाव विश्वविद्यालयबाटै उनले ‘मनोविज्ञान’मा पिएचडी गरिन्। त्यसपछि उनले एउटा आइएनजिओ९आइयुसिएन०काम गर्थिन्। त्यही बेला उनको शेरबहादुर देउवासँग भेट भयो।

राणा खानदान अनि शिक्षित। उनी आफैमा एक ‘शक्तिशाली’ महिला त हुन् नै। जीवनको यो लगनगाँठो आरजुका लागि मात्रै होइन, देउवाको राजनीतिक जीवनमा पनि धेरै ‘फलिफाप’ भयो।

डडेल्धुराको एउटा गाउँबाट काठमाडौं छिरेका देउवा अहिले आफ्नो जीवनकालमा पाँचौं पटक प्रधानमन्त्री भइसकेका छन्। पार्टीभित्रै र आफ्नै खलकमा पनि सबैभन्दा ‘भाग्यमानी’ सन्तानका रुपमा चिनिने देउवाको राजनीतिक यात्रा अबिराम अपराजित रह्यो।

आफ्नो क्षेत्रबाट उनले कहिलै चुनाव हारेका छैनन्। गिरिजाप्रसादसँगको लफडापछि कांग्रेस नै फुटाएर हिँडे। तै पनि प्रधानमन्त्री भए। फेरि कांग्रेसलाई एक बनाए अनि फेरि पार्टीको नेतृत्वमा हाबी भए। फेरि पनि प्रधानमन्त्री भए। राजाको सक्रिय शासन होस् वा गणतन्त्रात्क व्यवस्था उनी प्रधानमन्त्री भइरहे। राजनीतिको नेतृत्वमा रहिरहे।

देउवाको यो अविराम सफलताको जस भने आरजुले राम्रैसँग लिन सकिन्। २०६१ सालमा कांग्रेस महाधिवेशन सदस्य भएपछि उनका राजनीतिक पाइला अझै दरिला भए। २०६४ र २०७० को दोस्रो संविधानसभामा दुईपटक नै उनी कांग्रेसका तर्फबाट समानुपातिक सांसद भइन्।
२०७४ सालको आम निर्वाचनमा त उनका लागि देउवाले कैलालीको चुनावी क्षेत्र नै छोडिदिए। त्यसअघि कैलालीको त्यही ठाउँबाट शेरबहादुर देउवा नै लडेका थिए। उनी त्यो बेला डडेल्धुराबाट पनि चुनाव लडेका थिए। दुबै ठाउँबाट जितेपछि उनले कैलाली भने छोडे।

शेरबहादुरको अपराजित चुनावी पाइला पछ्याउँदै गएकी आरजुले त्यो चुनाव भने जित्न सकिनन्। पार्टीभित्रैको असन्तुष्टि अनि एमाले र माओवादी गठबन्धन उनका लागि निकै भारी पर्‌यो। नेकपाको त्यो गठबन्धनबाट उम्मेदवार भएका नारदमुनि राना थारू २७ हजार २ सय २ मत ल्याएर चुनाव जिते। आरजुले २२ हजार ३ सय २२ मत ल्याइन्।

उनकै पार्टीका स्थानीय नेता(कार्यकर्ताले ‘टुरिष्ट क्यान्डिडेट’ अर्थात् ‘पर्यटक उम्मेदवार’ भनेर आलोचना गरेपछि आरजुले कैलालीको धनगढीमा ३ करोडमा एउटा घर नै किनिदिइन्। उनलाई देखाउनु(थियो म पनि यहीँको वासिन्दा हुँ। तै पनि उनको चुनावी यात्रा सफल हुन सकेन।

आरजुमात्रै होइन, पराजित भएको त्यो चुनावी परिणाम शेरबहादुर देउवाको राजनीतिक जीवनका लागि समेत एउटा ठूलो धक्का थियो।

म्याडम राज
एउटा विशिष्ट राजनीतिक परिस्थितिमा पाँचौपटक प्रधानमन्त्री भएका शेरबहादुर देउवासँगै साउन १ गते बालुवाटार छिरेकी आरजु देउवाले साउन ५ गते प्रधानमन्त्री निवासको छतमा तुलसी रोप्दै गरेको एउटा तस्विर सार्वजनिक गरिन्।

त्यो दिन हरिशयनी एकादशी परेको थियो। धेरै सञ्चारमाध्यमले उनको त्यो फोटो छापेर समाचार नै बनाए। धेरैले आलोचना पनि गरे। धेरै व्यंग्य गर्दै उडाए।

यो उनको एउटा आस्थाजन्य स्वभाव हो।

साउन १० गते उनले ललितपुरको भिभन्ता होटेलमा एउटा डिनर मिटिङ गरिन्( त्यसमा उनले शक्तिशाली मन्त्रालयका सचिव अनि विभिन्न विभागका महानिर्देशकहरूलाई निम्तो दिएकी थिइन्। त्यहाँ पुगेका एक सचिबका अनुसार त्यहाँ सबैले उनलाई मन्त्रालयका बारेमा ‘ब्रिफिङ’ गरेका थिए।

‘देउवा शक्ति’को आडमा यो उनको राजनीतिक स्वभाव हो।

देउवा खलकमा निकै गहिरो सम्बन्ध भएका एकजना नेताका अनुसार शेरबहादुर देउवा निवासमा अहिले पनि आ(आफ्नै ‘क्याम्प’ छन्।

एउटा शेरबहादुरको आफ्नै छ, त्यहाँ उनले कसैको सुन्दैनन्। कसैले भनेको पनि मान्दैनन्। त्यो क्याम्पमा अरु कसैको पहुँच पनि छैन।

अर्को भानु देउवा। जो शेरबहादुरका आफ्नै भतिजा हुन् र उनका स्वकीय सचिव पनि हुन्। राजनीतिक भेटघाटदेखि सल्लाहकारसम्मको समूह उनले नै व्यवस्थापन गर्छन्। एकथरि मान्छेको पहुँच भानु देउवासम्ममात्रै पुगेर सकिन्छ। शेरबहादुरसम्म पुग्नै पर्दैन।

अर्को एउटा शक्तिशाली अनि रणनीतिक क्याम्पमा आरजुको राज चल्छ। बाहिर अरुले लख काटेजस्तो आरजुले सिधै वा आफैँ देउवालाई घुमाउँदिनन्। त्यो विल्कुलै असम्भव छ। किनकि शेरबहादुरका अघि उनी आफैँ केही पनि बोल्नै सक्दिनन्। उनका धेरै कुरा त देउवाले सुन्दा पनि सुन्दैनन् र मान्दा पनि मान्दैनन्।

‘देउवासँग मेरो सम्बन्ध छ’ भनेर छाति फुलाउँदै हिँड्ने नेता कार्यकर्ताको पहुँच भनेको आरजुसम्ममात्रै हो। धेरैजसो सम्बन्ध आरजुले नै थामेकी छन्।

उनी सिधै देउवालाई केही भन्दिनन्। बरू अरुमार्फत भन्न लगाउँछिन्। त्यसकै लागि उनी बाहिर(बाहिर रणनीति बनाउँछिन्।

अर्थात् शेरबहादुरको शक्तिको आडमा आरजु शेरबहादुरकै ‘अनुपस्थिति’मा खेलिदिन्छिन्। उनले देउवालाई यसरी घेरा हाल्छिन् कि कुनै कुनै कुरा देउवाले मान्नैपर्छ तर त्यहाँ आरजु आफै कतै देखिएकी हुँदैनिन्। तर हठ भने छोड्दैनिन्। त्यसको चाँजोपाँजो मिलाउनका लागि आरजुका भाइ भुषण राणा अनि उनका ठूलो बुवाका छोराहरू प्रदीप र प्रमोद राणाहरूले पनि साथ दिन्छन्।

उसै पनि देउवा धेरै कुरामा प्रतिक्रिया जनाउँदैनन्। आफूलाई चासो नलागेको कुरामा उनी बोल्दै बोल्दैनन्। बोल्नैपरे पनि धेरै छोटोमै कुरा सकिदिन्छन्।

केही समयअघि एउटा टेलिभिजनसँगको कुराकानीमा उनले भनेकी थिइन्(म पनि हठी छु, आफ्नो कुरामा। उहाँ पनि जिद्दी हुनुहुन्छ। सित्तिमित्ति भनेको मान्नुहुन्न। म पनि उस्तै। हामी दुबै सिंहजस्ता छौं।

त्यही ‘सिंह(हठ’का परिणाम हुन्( स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ।

कुनै बेला एमालेका कार्यकर्ता रहेका श्रेष्ठले माओवादीलाई पनि खुब रिझाए। पछि दोस्रो संविधानसभामा कांग्रेसबाट समानुपातिक सांसद भए र अहिले पनि कांग्रेसकै सांसद छन्।

४२ वर्षअघि भोजपुरबाट काठमाडौं आएका जागिरे श्रेष्ठ अहिले अर्बौ लगानी गर्नसक्ने व्यापारी भइसकेका छन्। श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाउनका लागि आरजुले देउवासामु निकै ‘हठ’ गरिन्।

श्रेष्ठको नियुक्ति अहिले सबैतिर आलोचित भएको छ। कांग्रेसभित्रै पनि असन्तुष्टि छ। देउवा सरकारलाई समर्थन गरेका गठबन्धनको बुधबार भएको बैठकमा पनि सबैजसो नेताहरूले श्रेष्ठलाई नियुक्ति गर्ने देउवाको त्यो निर्णय सच्याउन भनेका थिए।

त्यसपछि देउवाले त्यसको बचाउ गर्दै ‘सबैजना कुनै न कुनै व्यापार, व्यवसायमा जोडिएकै हुन्छन्। व्यापारी भन्दैमा मन्त्री नै बन्न नपाउने हो ररु भन्दै तर अबका दिनमा त्यस्तो नहुने र सल्लाह गरेर अघि बढ्ने प्रतिवद्धता गरेका थिए।

देउवाको सरकार सञ्चालनका लागि सल्लाह र सुझाव दिनका लागि सबै दलका नेता सम्मिलित एउटा कार्यदल पनि छ। त्यसमा कांग्रेसका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्का छन्।

श्रेष्ठको नियुक्तिपछि सबैभन्दा पहिला खड्काले नै ‘सल्लाह नै नगरी राज्यमन्त्री नियुक्त गरेको’ भन्दै आलोचना गरेका थिए।

कोरोना महामारीको यो संकटका बेलामा स्वास्थ्यमन्त्री छैनन्। देउवाले त्यो मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका छन्। राज्यमन्त्री श्रेष्ठ आफै कैयौं ठूला अस्पतालका लगानीकर्ता पनि हुन्। केही समय अघि उनले करोडौं लगानीमा अस्पतालहरूको चेन नै बनाउने घोषणा गरेका थिए।
त्यतिमात्रै होइन मन्त्री भइसकेपछि शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सहभागी भएका उनले आफूले खोल्ने अस्पतालमा सरकारी भन्दा पनि सस्तो शुल्क हुनेसमेत दाबी गरे।

‘त्यो बेला शेरबहादुर दाइलाई निकै दबाब बढिसकेको थियो’ देउवा निकट एकजना नेता भन्छन् ‘एकातिर महामारीका बेला स्वास्थ्यमन्त्री भएनन् भन्ने थियो। अर्कोतिर फ्यामिलीबाटै दबाब पनि उस्तै थियो।’

कुनै कुरामा आरजुको हठ यतिसम्म हुन्छ कि त्यो पूरा गराउनका लागि उनले राजनीतिक सम्बन्धसमेत बिथोलिदिन्छिन्।

२०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले नेपाल प्रहरीको आइजिपी नियुक्तिमा आरजुकै अडानका कारण पार्टी उपसभापति विमलेन्द्र निधिसँग देउवाको सम्बन्ध बिथोलियो।

जयबहादुर चन्दको पक्षमा उभिएका शेरबहादुर र आरजुको अडानविपरीत तत्कालीन गृहमन्त्री निधि भने नवराज सिलवालको पक्षमा लागे।

त्यसपछि देउवापरिवारसँग निधिको सम्बन्ध विग्रियो। पछि एकपटक भारत भ्रमण जाने बेलामा देउवाले निधिलाई पार्टीको कार्यबाहक सभापति दिएपछि त्यो शेरबहादुरसँगको सम्बन्ध लगभग सुध्रिएजस्तो त भयो तर आरजुसँग त निधिको त्यत्ति राम्रो बोलचाल नै छैन।

‘शेरबहादुर दाइको अघि त भाउजु उतिसारो बोल्नुहुन्न। केही पनि भन्नुहुन्न’ देउवा किचनकै एकजना नेता भन्छन् ‘तर धेरैजसो ठूला डिलहरू त भाउजुकै क्याम्पमा हुन्छ। दाइसँग के कस्तो कुरा भन्नेबारेमा भाउजुसँगै पहिला कुराकानी हुन्छ। त्यसैअनुसार दाइलाई कन्भिन्स गराउनुपर्ने हुन्छ।’

  • गजेन्द्र बोहरा, आयो मेलबाट साभार

सम्बन्धित समाचार