free website hit counter

देशभर १२२१ जना कोरोना संक्रमित थपिँदा उपत्यकामै ४२९

beemaadmin
२०७७ भाद्र १४, आईतवार

काठमाडौं । कोरोना संक्रमण बढ्ने क्रममा पछिल्लो २४ घण्टामा देशभर १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
जसमा ३४८महिला र ८७३ पुरुष रहेका छन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् । उनका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना जना रहेका छन् ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ रहेको छ। जसमा संस्थागत आइसोलेसनमा रहेकाको १० हजार ६१२ रहेको छ भने होम आइसोलेसनमा रहेकाको संख्या ६ हजार ९०० रहेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप २६७ निको भएसँगै कुल निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ ।

काठमाडौं उपत्यकामा ४२९ जना
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा ३७२, ललितपुरमा १२ र भक्तपुरमा ४५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार