free website hit counter

दोस्रो ठूलो मर्जरको तयारी

beemaadmin
२०७६ पुष ५, शनिबार

काठमाडौं । सरकारले बीगमर्जरलाई आर्थिक नीतिमार्फत् ल्याएपछि त्यसअनुरुप बैंक तथा बित्तीय संस्थाहरुले साथी खोज्ने अभियान नै चलाएका छन् । केही ग्लोबल आईएमई र जनता बैंक मर्जरमा गई एकीकृत कारोबारबारको शुरुआत गरिसकेको बेला प्राइम कमर्सियल बैंक लिमिटेडले पनि कैलाश विकास बैंकलाई प्राप्ति गर्ने र लाभांश पारित गर्ने प्रयोजनका लागि विशेष साधारणसभा बोलाएको छ।

पुस २५ गते राष्ट्रिय सभागृहमा हुने साधारणसभाले मर्जरको निर्णय लिने छ । सभामा कैलाश विकास बैंकलाई प्राप्त गर्न डिडिएका आधारमा निर्धारण गरिएको कैलाशको १०० कित्ता बराबर प्राइमको ९४ कित्ता शेयर स्वाप रेशियो पारित गर्ने योजना छ । यसैगरी सञ्चालक समितिले प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर वितरण गर्ने तथा गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लगायतका प्रस्तावहरु विशेष साधारणसभाका एजेन्डा रहेका छन् । हाल ९ अर्ब ६८ करोड चुक्ता पूँजी रहेको बैंकको बोनस वितरण पश्चात् ११ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ। बैंकले कन्काई विकास बैंकलाई प्राप्ति गरिसकेको छ ।

सम्बन्धित समाचार