काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको ६ दोस्रो त्रैमाससम्ममा डेढ अर्ब रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही समयको तुलनामा सामान्य नाफा वृद्धि गरेको छ । बैंकले १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो वर्ष सोही समयमा १ अर्ब ४१ करोड रुपैयाँ नाफा कमाएको थियो ।
बैंकले दोस्रो त्रैमाससम्ममा १ सय ४१ अर्ब १९ करोड निक्षेप संकलन गरी १ सय १४ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही समयमा निक्षेप १२९ अर्ब ५६ करोड र कर्जा १०४ अर्ब ६४ करोड रुपैयाँ थियो ।
बैंकको जगेडा कोष ७ अर्ब २६ करोड रुपैयाँ छ । यो कोष अघिल्लो वर्षको तुलनामा ३१ करोड रुपैयाँले बढी हो । यो वर्ष ५ प्रतिशत मात्रै बोनस शेयर जारी गरेको बैंकले आफ्नो चुक्ता पुँजी अघिल्लो वर्षको तुलनामा ४१ करोडले बढाएर ८ अर्ब ५१ करोड रुपैयाँ पुर्याएको छ । बैंकले ब्याज आम्दानी ६ अर्ब २० करोडबाट बढेर ७ अर्ब १७ करोड पुग्दा ब्याज खर्च ३ अर्ब ३५ करोडबाट ४ अर्ब २६ करोड रुपैयाँ पुर्याएको छ । बैंकको कर्मचारी खर्च ८० बाट बढेर ८८ करोड र अन्य सञ्चालन खर्च करिब ३० बाट ३८ करोड रुपैयाँ पुगेको छ ।
पुस मसान्तसम्म सो बैङ्कको पुँजीकोष अनुपात १२.३३ प्रतिशत छ । निष्क्रिय कर्जा अनुपातलाई ०.१९ प्रतिशतबाट ०.१६ प्रतिशतमा झार्न सफल भएको छ ।