free website hit counter

दोहोरो अंकले घट्यो सेयर बजार

beemaadmin
२०८० आश्विन १६, मंगलवार

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार दोहोरो अंकले ओरालो लागेको छ। बजार आज १७.५६ अंकले घटेको हो। योसँगै नेप्से परिसूचक १९५८।७२ को विन्दुमा बन्द भएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.६६ अंकले घटेर ३७४.३९ को विन्दुमा झरेको छ। आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमै रातो पोतिएको छ। यो दिन ट्रेडिंग समूह सर्वाधिक १.४७ प्रतिशतले ओरालो लागेको छ। वित्त समूह १.२७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.६१ प्रतिशत, विकास बैंक समूहमा १.२२ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.२३ प्रतिशत, लगानी समूहमा ०.९३ प्रतिशत, जीवन बीमा समूहमा ०.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा ०.७२ प्रतिशत, लघुवित्त समूहमा ०.८५ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.८० प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६९ प्रतिशत, अन्य समूहमा १।०५ प्रतिशत गिरावट आएको छ।
आज नेप्से सूचीकृतमध्ये २८१ कम्पनीका ३९ लाख ६५ हजार ९१७ कित्ता सेयर १ अर्ब १९ करोड ९१ लाख १ हजार ३२४ रुपैयाँमा किनबेच भएका छन्। यो दिन सिटिजन नेपाल लाइफको सर्वाधिक ५ करोड ५९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। एनआईसी एसिया बैंकको ५ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । आज रिलायबल नेपाल लाइफको ३ करोड ७२ लाख रुपैयाँ, शिवम सिमेन्टको ३ करोड ६८ लाख रुपैयाँ, सन नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १७ भन्दा बढीको कारोबार भएको छ ।
आज समता घरेलु लघुवित्त वित्तीय संस्था र घलेम्दी हाइड्रोपावरका सेयरधनीहरु मालामाल भए। जसमा समताको सेयरमूल्य ७.९१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ७.८१ प्रतिशतले बृद्धि भएको छ । यो दिन सामुदायिक लघुवित्तका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउमा ७.५४ प्रतिशतले गिरावट आएको छ । त्यसैगरी सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमको सेयरमूल्य ७.०८ प्रतिशतले घटेको छ ।

सम्बन्धित समाचार