free website hit counter

धनतेरसको दिन कतिमा हुँदैछ सुनचाँदीको कारोबार

beemaadmin
२०८० कार्तिक २४, शुक्रबार

काठमाडौं । धनतेरसको दिन सुनचाँदीको भाउ बढेको छ । कात्तिक २४ गते, शुक्रबार सुन तोलामा नै एक हजार रुपैयाँले बढेको हो । लगातार चार दिन सस्तिएको सुन साताको अन्तिम कारोबार दिन महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १४ हजार ७०० रुपैयाँमा पुगेको छ । यसैगरी, तेजाबी सुन प्रतितोला एक लाख १४ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार भने सुन तोलामा नै एक हजार रुपैयाँले सस्तिदा प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनको भाउ निरन्तर चार दिनसम्म घटेको थियो । सोमबारदेखि बिहीबारसम्म सुन प्रतितोला २ हजार २०० रुपैयाँले गिरावट भएपनि शुक्रबार भने वृद्धि भएको छ। शुक्रबार चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढ्दा प्रतितोला एक हजार ४०० रुपैयाँमा किनबेच हुँदैछ । हिजो भने चाँदी तोलामा पाँच रुपैयाँले सस्तिदा प्रतितोला एक हजार ३८० रुपैयाँमा कारोबार भएको थियो । धनतेरसमा सुन र चाँदीको सामानहरु अत्याधिक खरिद हुन्छ। लक्ष्मीलाई चढाउनको लागि सुन र चाँदी खरिद गर्ने प्रचलन छ। यसले गर्दा सो दिन सुनचाँदीको व्यापार पनि निकै धेरै हुन्छ। तर यस वर्ष भने धनतेरसमा पनि सुनको खपत विगतमा जस्तो नहुने व्यवसायीको अनुमान छ। विगतको बर्षमा धनतेरसको दिन ५० केजीभन्दा धेरै सुन खपत हुन्थ्यो तर यस वर्ष त्यसको आधा पनि हुन गाह्रो देखिएको व्यवसायीहरु बताउँछन्।

सम्बन्धित समाचार