free website hit counter

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द

beemaadmin
२०८१ असार १५, शनिबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोट प्रक्रियामा सुरुवातदेखि नै नकारात्मक भूमिका खेल्दै आएका अर्थमन्त्री वर्षमान पुन अन्तत अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गराउन सफल भएका छन्। सर्ट लिस्टमा परेका पाँच जना मध्ये तीन जनालाई अनुपस्थित गराएर प्रक्रिया रद्द गराउन उनी सफल भएका हुन्। यस अघि धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम सर्टलिस्ट गरिएको थियो। पाँच जनालाई दोस्रो चरणको प्रस्तुतीकरणको लागि बोलाइएको थियो। तर त्यस अघि नै सर्ट लिस्टमा परेका मध्ये सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष नियुक्ति गर्नु पर्ने प्रधानमन्त्री र एमाले अध्यक्ष केपी ओलीको दबाव आएको विषय बाहिरिएपछि अर्थमन्त्रीले आफ्नै पार्टी लाइनका तीन जना उम्मेदवारलाई अन्तरवार्तामा उपस्थित नहुन संकेत गरे। सोही कारण धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा। नवराज अधिकारी, नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की र तत्कालीन बिमा समितिका पूर्व अध्यक्ष चिरन्जीवी चापागाईँ अन्तरवार्तामा अनुपस्थित भएका थिए। उनीहरूको अनुपस्थितिले छनोट समितिलाई नाम सिफारिस गर्न सकस परेको थियो। किनकि धितोपत्र ऐनमा तीन जनाको नाम सिफारिस गर्नु पर्ने उल्लेख थियो। दुई जना मात्रै भएपछि समितिले अन्तिममा आएर सम्पूर्ण प्रक्रिया नै रद्द गरेको हो। सुरुवात देखि नै अर्थमन्त्री धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया रद्द गर्नु पर्ने लाइनमा थिए। सोही कारण उनले सर्ट लिस्टमा पाँच जनाको नाम निस्किए सँगै छनोट प्रक्रियामा हस्तक्षेप गरेका थिए। सर्ट लिस्टमा परेकाको महिनौँसम्म अन्तरवार्ता हुन सकेको थिएन। यही समयमा उनले आफ्ना विश्वास पात्र नरेन्द्र कुमार रानालाई अध्यक्षको भूमिकामा ल्याएका थिए। अहिले राना धितोपत्र बोर्डमा हाबी हुँदै गएका छन्। अहिले उनले अध्यक्षकै भूमिकामा आफूलाई सक्रिय गराउन थालेका छन्। अबको केही महिना राना नै अध्यक्षमा रहने पक्कापक्की छ। अर्थमन्त्री सकेसम्म आफ्नो कार्यकाल भरि धितोपत्र बोर्ड उनै मार्फत चलाउने मुडमा छन्। धितो पत्र बोर्डको प्रक्रिया रद्द भए सँगै नयाँ प्रक्रिया सुरु हुने छ। तर नयाँ प्रक्रिया भने तत्कालै सुरु गर्ने मुडमा अर्थमन्त्री छैनन्। जसले गर्दा बोर्डले अझै केही समय अध्यक्ष नपाउने निश्चित छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार