free website hit counter

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि ‘सर्ट लिस्टेड’ तीन जनालाई अर्थमन्त्रालयले बोलायो अन्तरवार्तामा

beemaadmin
२०८१ आश्विन १०, बिहीबार

काठमाडौं । अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिएका आवेदकहरुमध्ये ‘सर्ट लिस्ट’ मा समावेश भएका तीन जनालाई अन्तरवार्ता र व्यवसायिक कार्य याजना प्रस्तुतीकरणका लागि बोलाएको छ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिको असोज ९ गतेको निर्णय अनुसार कृष्ण बहादुर कार्की, चिरञ्जिवी चापागाई र नवराज अधिकारीलाई मन्त्रालयमा बोलाइएको हो। ‘सर्ट लिस्टेड’ उम्मेद्वारहरुलाई असोज १८ गते बिहान ८ बजे अर्थ मन्त्रालय, सिंहदरबारमा बोलाइएको हो।

सम्बन्धित समाचार