free website hit counter

धितोपत्र बोर्डको अध्यक्षका लागि तीनजनाको नाम सिफारिस

beemaadmin
२०७८ फाल्गुन ३, मंगलवार

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षका लागि तीनजनाको सिफारिस गरिएको छ। अध्यक्षको नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिको आज बसेको बैठकले सेबोन अध्यक्षका लागि रमेश हमाल, कृष्णराज पोखरेल र डा. गोपाल भट्टको नाम सिफारिस भएको छ । अब बस्ने मन्त्रिपरिषद्को बैठकले यी तीनजनामध्येबाट एकजनालाई सेबोनको अध्यक्षमा नियुक्त गर्नेछ ।
सेबोनको अध्यक्ष पदमा १५ जनाको आवेदन परेको थियो । तीमध्येबाट सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको थियो। सिफारिस समितिले अन्तर्वार्ता र प्रस्तुतीकरणपछि सर्टलिस्टमा परेका ५ जनामध्ये निरज गिरी र खगेन्द्र कटुवाल सेबोनको अध्यक्ष हुने दौडबाट बाहिरिएका छन्।
सिफारिस गरिएकामध्ये सेबोनको अध्यक्षमा हमालको नियुक्ति हुने सम्भावना प्रबल छ । हमाल कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकटका व्यक्ति मानिन्छन् । सर्वोत्तम सिमेन्ट सेयरको भित्री कारोबार प्रकरणमा मुछिएपछि भीष्मराज ढुंगानालाई सरकारले गत असोजमा बर्खास्त गरेपछि सेबोनको अध्यक्ष पद लामो समयदेखि रिक्त छ। जसका कारण सेबोनबाट हुने कामकारबाही प्रभावित भएका छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार