free website hit counter

धितोपत्र बोर्डको अध्यक्षमा पाँच जनाको नाम छानियो

beemaadmin
२०८० चैत्र २६, सोमबार

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष पदमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनोट भएको छ । यसरी छनोट हुनेमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं, डा नवराज अधिकारी, सन्तोष श्रेष्ठ र मुक्ति श्रेष्ठ रहेका छन् । छनोटमा परेका मध्ये कार्की नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत, चापागाईं बीमा समितिका पूर्वअध्यक्ष, अधिकारी र मुक्ति श्रेष्ठ बोर्डकै कार्यकारी निर्देशक हुन् । अध्यक्षबाट रमेश हमाल बाहिरिएपछि बोर्ड सञ्चालक समितिले अध्यक्षका लागि आवेदन मागेको थियो । छनोटमा परेका मध्येबाट तीन जनाको नाम मन्त्रिपरिषद्‍मा सिफारिस गरिने छ । ती तीनमध्ये एक जनालाई मन्त्रिपरिषद्ले चार वर्षका लागि धितोपत्र बोर्ड अध्यक्ष नियुक्त गर्ने छ ।

सम्बन्धित समाचार