free website hit counter

धितोपत्र बोर्ड अध्यक्षका लागि ‘सर्टलिष्ट’ मा परेकाहरूको अन्तर्वार्ता हुँदै

beemaadmin
२०८१ असार ३, आईतवार

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि सर्टलिष्टमा परेकाहरुको अन्तर्वार्ता आइतबार बिहान हुने भएको छ । बोर्डको अध्यक्ष नियुक्तिमा ढिलाई गरेको भन्दै चर्को आलोचना हुन थालेपछि अर्थमन्त्री बर्षमान पुन लचक भएका हुन् । उम्मेदवारहरुको व्यवसायिक कार्ययोजनाको प्रस्तुति र अन्तर्वार्ता राष्ट्रिय योजना आयोगमा बिहान ९ बजे हुने जनाइएको छ । बोर्डको अध्यक्ष नियुक्तिका लागि आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा छनौट समिति बनाइएको छ । सर्टलिष्टमा पाँच जनाको नाम छ । बोर्ड नेतृत्वविहीन हुँदा लामो समयदेखि शेयर निष्काशन लगायतका महत्वपूर्ण नीति निर्णय अलपत्र पर्दै आएको छ । सर्टलिष्टमा पर्नेहरूमा बोर्डका कार्यकारी निर्देशक नवराज अधिकारी, बोर्डकै कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेन्ज लिमिटेडका सीईओ कृष्ण कार्की, तत्कालीन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं र सन्तोषनारायण श्रेष्ठ रहेका छन् । कार्यक्षमता र सम्बन्धित क्षेत्रको ज्ञानको हिसाबले चापागाइँ र कार्की कमजोर देखिए पनि अर्थमन्त्री पुनले भने उनीहरुलाई नै अध्यक्ष बनाउने कोसिस गर्दै आएका थिए । तर सत्तारुढ नेकपा एमालेका केपी ओलीले अस्वीकार गर्दै आएका छन् । बाँकी तीन जनामध्ये एक जना बोर्डको अध्यक्ष हुने सम्भावना देखिन्छ ।

सम्बन्धित समाचार