free website hit counter

धितोपत्र बोर्ड कर्मचारी युनियनमा न्यौपाने

beemaadmin
२०७६ फाल्गुन २४, शनिबार

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको पाँचौं अधिवेशनले तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको छ । यूनियनको नयाँ कार्य समितिमा ९ जना चयन भएका छन् । कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन भएका छन् ।

कार्य समितिको कार्यकाल ४ वर्षको हुनेछ । यस यूनियन विगत १४ वर्षदेखि राजु बहादुर जि।सी।को नेतृत्वमा रहेको थियो । धितोपत्र बोर्डको सभाहलमा भएको अधिवेशनको उद्घाटन राजु बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको हो ।

बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिएका छन् । त्यसैगरी, बोर्डका कार्यकारी निर्देशक परिष्टनाथ पौड्याल र निरज गिरीले यूनियनको नयाँ कार्यसमितिलाई शुभकामना दिएका छन् ।

सम्बन्धित समाचार