free website hit counter

धेरै सुविधा भएको सिटिजन लाइफको जीवन सारथी बीमा योजना

beemaadmin
२०८० कार्तिक १९, आईतवार

जीवन बीमा व्यवसायमा आफूलाई अब्बल कम्पनी सावित गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकको आवश्यकता अनुसारका बीमालेख जारी गरेर मन जित्नै आएको छ । यसै सिलसिलामा सिटिजन लाइफको एउटा महत्वपूर्ण बीमा पोलिसी हो– जीवन सारथी बीमा योजना । जुन बीमा योजनामा सावधिक, अग्रीम भुक्तानी तथा आजीवन बीमाको सुविधा समावेश रहेकोछ ।

जीवन सारथी बीमा योजना
हामीलाई थाहा छ प्रत्येक व्यक्तिको नियमित आम्दानी गर्न सक्ने एउटा निश्चित उमेर हुन्छ । सो उमेर पश्चात सामान्यतया जीवन जिउन अरुको सहारा लिनुपर्दछ जुन आफूले सोचेजस्तो सार्थक नहुन पनि सक्छ । तसर्थ नियमित आम्दानी गर्ने उमेर पछि आर्थिक सुरक्षाको प्रत्याभुति भई सार्थक र सहज जीवन जिउन सिटिजन लाइफले प्रस्तुत गरेको छ सिटिजन जीवन सारथी बीमा योजना ।
बाचुन्जेलको साथी…एउटै बीमा काफी भन्ने नाराका साथ जीवन बीमा इतिहासमा ‘नेपालमै पहिलो पटक डबल+बोनस’ बीमाङ्क रकमको दुई गुणा साथै बोनस रकम त्यो पनि आफ्नै पालामा भन्ने नारालाई सार्थक तुल्याउन यस कम्पनीले प्रचलनमा ल्याएको सिटिजन जीवन सारथी बीमा योजनाले बीमा अवधिभर बीमितको जोखिम बहन गर्नुका साथै बीमितको वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि बीमा अवधिभित्र बीमा परिपक्क (Maturity) मितिमा बीमाङ्क रकम तथा नियमानुसार बोनस रकम तथा बीमा परिपक्क मिति पछि निश्चित समयको अन्तरालमा निश्चित किस्ताबन्दीमा थप बीमाङ्क रकम बीमितलाई भुक्तानी गरिन्छ ।

विशेषताहरूः
प्रवेश उमेर : १६ वर्ष देखि ६० वर्ष
अधिकतम बीमाशुल्क भुक्तानी उमेर : ६५ वर्ष
अधिकतम बीमा समाप्ति उमेर : ९० वर्ष
बीमा अवधि : ३० वर्ष देखि ७४ वर्ष
बीमाशुल्क भुक्तानी अवधि : ५ वर्ष देखि ४९ वर्ष
न्यूनतम बीमाङ्क रकम : रु. ५०,०००
अधिकतम बीमाङ्क रकम :  बीमितको आयको आधारमा कम्पनीको जोखिमाङ्कन नीति अनुसार
बीमाशुल्क भुक्तानी तरिका : एकल, वार्षिक, अर्धवार्षिक, त्रैमासिक
बीमालेख परिपक्व  (Maturity) :  बीमाशुल्क भुक्तानी अवधि समाप्ती पश्चात

बीमा रक्षावरण उमेर
(क) दुर्घटनाबाट मृत्यु एवं स्थायी पूर्ण अशक्तता बीमा रक्षावरण ६० वर्षसम्म
(ख) अन्य कुनै कारणबाट मृत्यु बीमा रक्षावरण ९० वर्षसम्म

बीमा लाभ भुक्तानी

ऐच्छिक सुविधाहरु:

यस बीमा योजनामा थप बीमाशुल्क भुक्तानी गरी देहाय बमोजिमका ऐच्छिक सुविधाहरु पनि लिन सकिन्छ:

  • दुर्घटना मृत्यु लाभ  –बीमित ७० बर्ष नपुगुन्जेल सम्म
  • स्थायी पूर्ण अशक्तता लाभ  –बीमित ७० बर्ष नपुगुन्जेल सम्म
  • बीमाशुल्क छुट लाभ
  • घातक रोग सुरक्षा सुविधा

अतिरिक्त सुविधा तथा लाभहरु:

(क) दुई वर्षको बीमाशुल्क भुक्तानी पश्चात बीमालेख कर्जा लिन सकिनेछ, तर एकल बीमाशुल्क भुक्तानीको हकमा बीमा प्रारम्भ भएको  मितिले ३१ दिन पश्चात् बीमालेख कर्जा लिन सकिने ।
(ख) दुई वर्षको बीमाशुल्क भुक्तानी पश्चात स्वतः बीमाशुल्क ऋण सुविधा छनौट गरेको अवस्थामा कथमकदाचित बीमाशुल्क भुक्तानी नभएपनि निश्चित अवधिसम्म जोखिम बहन भईरहने ।
(ग) बीमितको उमेर ७० वर्ष पुगे पश्चात बीमाङ्क रकम भुक्तानी दिइने अवस्थाको खण्ड (क) (२) बमाोजिम भुक्तानी हुने रकमबाट समेत कर्जा लिन सकिने ।

सम्बन्धित समाचार